Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4435 - 4440 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-17, शुक्रवार

भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी सुरक्षा पन्त विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले यही फागुन २५ गते प्रेमी मानव सुवेदीसँग लगनगाँठो कस्न लागेकी हुन् । मानव गायक, निर्देशक तथा अभिनेता हुन् । चितवनमा हुन लागेको विवाहमा दुई पक्षका परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । उनीहरुले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-17, शुक्रवार

‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा गरिएको प्रिमियरमा फिल्मले सानदार प्रतिक्रिया पाएको छ । फिल्म हेर्न उत्तिधेरै फिल्मकर्मीहरु नपुगेका भए पनि जति उपस्थिति भएका थिए, उनीहरुले हरेक पक्षको प्रशंसामा शब्द खर्चिए । प्रायःको आँखामा आँशु छल्किएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-17, शुक्रवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’को बिहीबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर आयोजना गरिएको थियो । फिल्मको नामअनुसार हलको प्रवेशद्वार रेडिमेड फूलले झकिझकाउ बनाइएको थियो भने तस्बिर खिच्नका लागि तयार पारिएको एक सेटमा सयपत्री फूलले फिल्मको नाम बनाइएको थियो । जसले गर्दा प्रिमियरको माहोल रोमान्चक र आकर्षक बनेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-17, शुक्रवार

गत कात्तिक महिनापछि केही आशातित फिल्मले समेत सुखद नतिजा जोड्न सकेनन् । एकपछि अर्को फिल्मको खराब प्रदर्शनले निराशा छाएको फिल्म क्षेत्रमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’बाट सुखद व्यापारिक नतिजाको अपेक्षा गरिएको छ । एडभान्स बुकिङ अपेक्षाकृत नभए पनि ‘वर्ड अफ माउथ’ बलियो हुन सकेको खण्डमा फिल्मले सफलताको यात्रा गर्न सक्नेछ ।

एजेन्सी, मुम्बई, 2023-02-16, बिहिवार

बलिउडमा नेपोटिज्म कसैबाट लुकेको छैन । एक शोमा कंगना रनौतले नेपोटिज्मको मुद्धा उठाएदेखि बलिउड लगातार निशानामा परिरहेको छ । बलिउडकर्मीलाई प्रायः नेपोटिज्मको आरोप लाग्ने गर्छ । करण जोहरलाई त नेपोटिज्मको प्रशयकर्ता भनिन्छ । तर, बलिउडमा यस्ता एक मेकर पनि छन्, जसले कयौंलाई स्टार बनाए तर घरको सदस्यलाई जति प्रयास गरे पनि बनाउन सकेनन् ।

Results : 4435 - 4440 of 23812