Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4387 - 4392 of 23811
फिल्मीखबर, काठमाडौं, 2023-03-03, शुक्रवार

शुक्रबार (आज)बाट दुई ठूला फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनका लागि एकसाथ मैदानमा उत्रिएका छन् । सम्भवतः यो विगत ५/७ वर्षयताकै ‘हेभीवेट’ भिडन्त हो । किनकि, ‘छड्के २’मा हिट मेशिन मानिने अनमोल केसीको मुख्य भूमिका छ भने ‘छक्का पञ्जा ४’ आफैंमा ब्रान्ड फिल्म हो । दुई दिनसम्म होली विदा र नारी दिवसको विदा छोप्न यी दुई फिल्म भिड्न पुगेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-02, बिहिवार

नेपाली फिल्मकर्मीबीच एकता र साथ-सहयोगको भावनाको चर्को खडेरी छ । एकअर्कालाई पर्दा काँध थाप्न कोही अगाडि सर्दैनन् । न त एकअर्काको अस्तित्व नै स्वीकार गर्न तयार हुन्छन् । बरु, कसरी हुन्छ खोजी-खोजी कमी-कमजोरी निकालेर आलोचना वा टिप्पणी गर्न अगाडि सर्छन् । झन् एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुने भयो भने त पानी बाराबारकै स्थिति सृजना हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-02, बिहिवार

अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको मुख्य भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको फिल्मको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-02, बिहिवार

सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘प्रसाद २’ आगामी नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । भोलि ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा निर्माण पक्षले फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ, जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र एक बालकलाकार प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-02, बिहिवार

नाबालिग जबर्जस्ती करणीको अभियोगमा १ वर्ष कन्दी जीवन विताएर सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका छन् । उच्च अदालत पोखराले पलविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-02, बिहिवार

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट समीर बलामी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष (संगठन)तर्फ विजय सुवेदी (आवाज), उपाध्यक्ष (कार्यक्रम)तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई विजयी भए ।

Results : 4387 - 4392 of 23811