Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4381 - 4386 of 23810
फिल्मीखबर, काठमाडौं, 2023-03-04, शनिवार

फेसन मोडल नीति शाहले फिल्ममा डेब्यूका लागि गत पुष महिनाबाट कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो’मा अभिनय सिक्न थालेकी थिइन् । उनले शुक्रबार तीन महिने कोर्स पूरा गरेकी छन् । उनले इन्टाग्राममा अभिनय सिकाइको क्रममा खिचिएका तस्विरहरु पोस्ट गर्दै ‘एक्टर्स स्टुडियो’सँगको ३ महिना आफ्नो जीवनको सबैभन्दा अद्भुत समय रहेको बताएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-03, शुक्रवार

कोरोना महामारीपछि एकातिर सिंगल थिएटर बन्द हुने क्रम बढेको छ भने अर्कोतिर सुविधा सम्पन्न मल्टीप्लेक्स हल खुल्ने क्रम पनि बढेको छ । यस्तैमा, काठमाडौंमा अर्को मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । करिब १२ करोड लगानीमा शुक्रबारबाट सीतापाइलास्थित अनुपम मलमा सीके सिनेमाज् सञ्चालनमा आएको हो । बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले रिवन काटेर हलको उद्घान गरे ।

फिल्मीखबर, काठमाडौं, 2023-03-03, शुक्रवार

कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’सँग हलमा देखाउने गरि यट्युब रिलिज गरिएको टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतार-चढावलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-03, शुक्रवार

आगामी चैत २४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । पहिला आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा त्यस मितिमा ‘हेभीवेट’ भिडन्त हुने भएपछि निर्माण पक्षले फिल्मलाई एक हप्ता अगाडि सार्दै शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । जसमा जातीय विभेद अन्त्य गर्नका लागि बाबुराम पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-03, शुक्रवार

शुक्रबार (आज)बाट दुई ठूला फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनका लागि एकसाथ मैदानमा उत्रिएका छन् । सम्भवतः यो विगत ५/७ वर्षयताकै ‘हेभीवेट’ भिडन्त हो । किनकि, ‘छड्के २’मा हिट मेशिन मानिने अनमोल केसीको मुख्य भूमिका छ भने ‘छक्का पञ्जा ४’ आफैंमा ब्रान्ड फिल्म हो । दुई दिनसम्म होली विदा र नारी दिवसको विदा छोप्न यी दुई फिल्म भिड्न पुगेका हुन् ।

Results : 4381 - 4386 of 23810