Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4381 - 4386 of 24237
फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा अभिनेत्री वर्षा सिवाकोटीसहित सयजना कोरसले नृत्य गरिरहेको सेटमा लोमान बालेर धुवाँ निकाल्ने क्रममा आगलागी भएको हो । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरिरहेका थिए । आगो नियन्त्रणमा आइसकेको भए पनि सेट जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

फिल्म व्यावसायिक रुपमा सफल भएपछि त्यसमा काम गर्ने कलाकारको करिअर कायापलट हुन्छ । एकाएक डिमान्डेड बन्छन् । तर, सबैको हकमा यही हुँदैन । फिल्म चलेर पनि गुमनाम भएका धेरै छन् । केहीले भने फिल्म नचल्दा पनि करिअरमा राम्रो उचाइँ हासिल गरेका छन् । यसमा अभिनेत्री जसिता गुरुङ पनि पर्छिन् । लगातार फिल्म ‘फ्लप’ हुँदा पनि उनको करिअर कमजोर छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

चर्चित गायन टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’को सेमिफाइनलबाट बाहिरिएका गायक रिहान गिरी अब फिल्मको हिरो बन्ने भएका छन् । उनले दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘मायावी’बाट अभिनय करिअरको सुरुवात गर्न लागेका हुन् । फिल्ममा काम गर्ने पक्का भएसँगै यतिबेला रिहानले काठमाडौंमा वर्कसप गरिरहेको विश्वस्त स्रोतको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

निसन्देह ! अहिलेको समयका सबैभन्दा सफल अभिनेता हुन्, दयाहाङ राई । केही वर्षयताको तथ्यांक हेर्ने हो भने उनको नाममा सफल फिल्मको संख्या धेरै छ । गत वर्ष मात्र उनका ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ फिल्म सफल भए । यस वर्षको सुरुमै फिल्म ‘जारी’ले कमाईमा रेकर्ड बनायो । तर, एउटा तथ्य के विर्सनुहुन्न भने उनका धेरै फिल्मले निर्माता डुबाएका पनि छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुईटा पोस्टरमा फिल्मका मुख्य कलाकारहरु माओत्से गुरुङ, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी र सलोन बस्नेत ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत छन् । एउटामा उनीहरु विभिन्न भावभंगीमा देखिएका छन् भने अर्कोमा वाण हान्न तम्तयार अवस्थामा चित्रित छन् ।

एजेन्सी, मुम्बई, 2023-06-14, बुधवार

बलिउडको माइलस्टोन फिल्म ‘गदर’लाई २२ वर्षपछि ‘फोरके फर्म्याट’मा पुनः हलमा रिलिज गरिएको छ । आगामी ११ अगस्टमा रिलिज हुन लागेको ‘गदर २’का लागि माहोल बनाउन रि-रिलिज गरिएको फिल्मले भारतीय बक्स अफिसमा खासै उत्साहजनक व्यापार गर्न सकेको छैन । ३० लाखको ओपनिङ गरेको फिल्मले प्रदर्शनको ५ दिनमा जम्मा १ करोड ३० लाख कमाई गरेको छ ।

Results : 4381 - 4386 of 24237