Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4399 - 4404 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट १४ सेकेन्ड लम्बाईको ट्रेलर अभिनेत्री सुरक्षा पन्तको वरिपरि घुमेको छ । उनले परिवारसँग गरेको विद्रोह र त्यसले उत्पन्न जटिल परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले फरक फिल्म बनेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘छड्के २’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘छड्के खालास’ बोलको गीतमा चर्चित र्‍यापर भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी बढी छाएका छन् । एङ्ग्री र मस्ती मूडसहित केही दृश्यमा उनलाई नशालु वस्तु सेवन गरेको देख्न सकिन्छ । यसले फिल्ममा उनको चरित्रबारे बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

आइतबार उच्च अदालत कास्कीले पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् । उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पलको रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

तनहुँको दमौलीस्थित जिल्ला कारागारमा एक वर्षदेखि जेल जीवन विताइरहेका अभिनेता पल शाह रिहा भएका छन् । आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध नाबालिग बलात्कार अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएपछि उनी सोमबार सम्पूर्ण प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएका हुन् । उनलाई साथीभाई तथा आफन्तले फूलमाला, खादा, अविर लगाएर स्वागत गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् । आइतबार काठमाडौं जिल्ला अदालतले छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ । अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ । यसका साथै अदालतले दुवैको डिभोर्स मुद्धा पनि टुंग्याएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-26, आईतवार

अभिनेता पल शाहलाई उच्च उदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएपछि शाहले त्यस फैसलाविरुद्ध उच्चमा निवेदन दिएका थिए । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । पल भोलि जेलबाट रिहाइ हुनेछन् ।

Results : 4399 - 4404 of 23812