Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4393 - 4398 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-03-02, बिहिवार

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट समीर बलामी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष (संगठन)तर्फ विजय सुवेदी (आवाज), उपाध्यक्ष (कार्यक्रम)तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई विजयी भए ।

फिल्मीखबर, काठमाडौं, 2023-03-01, बुधवार

प्रायः नेपाली अभिनेत्रीहरु ‘स्टेरियोटाइप’ भूमिकाबाट बाहिर निस्कन नसकेको टिप्पणी हुने गर्छ । तर, केही यस्ता अभिनेत्रीहरु पनि छन्, जसले त्यसखालको भूमिकाप्रति सुषुप्त रुपमा विद्रोह गरिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तले करिअरको सुरुवाती समयदेखि छनोट गरेका चरित्र र फिल्म हेर्दा उनले ‘स्टेरियोटाइप’को विद्रोह गरिरहेको संकेत मिल्छ । यो कुरा उनी आफैं पनि स्वीकार्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-01, बुधवार

आगामी चैत १७ गतेबाट त्रिकोणात्मक प्रेमकथामाथि बनेको फिल्म ‘प्रेमा’ प्रदर्शनको तयारीमा छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा बनेको फिल्ममा शुभेक्क्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ केन्द्रिय भूमिकामा छन् । फिल्ममा निर्देशक भण्डारी र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टनमा बस्दै आएका विवेक फिल्म ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-28, मंगलवार

विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘नाईं नभन्नू ल ६’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलबार सार्वजनिक गरिएको फर्स्टलुक भिडियोमा फिल्मका मुख्य डेब्यू अभिनेता आर्शिवाद क्षेत्रीको एक्सन अवतारलाई विशेष प्राथमिकता दिइएको छ । अभिनेत्री आँचल शर्मासँग उनको ‘लभ केमेस्ट्री’ पनि देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-28, मंगलवार

गायनमा लोभलाग्दो लोकप्रियता कमाएका प्रकाश सपूतले फिल्म ‘परदेशी २’बाट नायकको रुपमा डेब्यू गरिसकेका छन् । तर, यो फिल्मको रिलिज धकेलिएको धकेल्यै छ । अब उनी आफैं फिल्म निर्माण गर्ने तयारीमा लागेका छन् । ‘परदेशी २’ प्रदर्शन भएपछि छायांकन थाल्ने तयारीसहित उनले अहिले स्क्रिप्ट लेखिरहेका छन् । आगामी बैशाखमा उनले फिल्मको नाम घोषणा गर्न सक्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-28, मंगलवार

‘घुमिफिरी रुम्जाटार’ भनेझैं यसपालिको दशैं छाडेको फिल्म ‘परदेशी २’ अब आगामी दशैंमा प्रदर्शन हुन सक्ने देखिएको छ । दशैं छाडेर फागुन ५ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको थियो । तर, यो मितिमा पनि फिल्म प्रदर्शनमा आएन । फिल्मको कथा दशैंसँग जोडिएकाले अब आगामी दशैंमा प्रदर्शन गर्ने मनस्थितिमा निर्माण टिम रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

Results : 4393 - 4398 of 23812