
शुक्रबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सहयोग मागेका छन् । शाहले शुक्रबार मन्त्रालयलाई पत्र काट्दै फिल्मबाट आपत्तिजनक अंश हटाउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दू धर्म ग्रन्थ रामारणमा आधारित भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्चाए काठमाडौंभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)को चेतावनीपछि फिल्मका मेकरले उक्त संवाद हटाएको प्रतिष्ठित भारतीय मिडियाहरुले बताएका छन् ।

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको फागुन १२ गते फिल्म प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेन । असार २९ मा फिल्म ‘बद्री बहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर नेपालमा भैरहेको विवादलाई सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम आत्मसात् नगर्दाको परिणाम भनेका छन् । बोर्डको उक्त निर्णय हलवाला र वितरकले मानेको भए अहिलेको यो स्थिति नआउन सक्ने उनले फेसबुकमा उल्लेख गरेका छन् ।

हिन्दू धर्म ग्रन्थ रामायणमा आधारित भएर बनेको भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखिएको भन्दै त्यसलाई भारतमा तीन दिनभित्र नसच्चाए काठमाडौंभित्रका सिनेमा हलमा कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि नेपाली फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा उनको समर्थन गरेका छन् ।

भोलि शुक्रबारबाट संसारभर प्रदर्शन हुन लागेको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्याएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने चेतावनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै संवाद सच्याउन तीन दिनको समय दिएका छन् ।

