Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4375 - 4380 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् । उनले गत भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा हालेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ । आफू र नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दर्ता गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशको डकुमेन्ट्री युट्युबमा रिलिज गरिएको छ । ९ मिनेट ५२ सेकेन्ड अवधिको डकुमेन्ट्रीमा गण्डकी प्रदेश अन्तर्गत पर्ने विभिन्न रमणीय स्थानहरु समेटिएको छ, जसले विश्वकै ध्यान खिच्न सक्छ । सुयोग गुरुङको निर्देशन रहेको डकुमेन्ट्रीमा छायांकन पक्ष सानदार छ । अंग्रेजी अडियो ल्याङ्गवेजमा डकुमेन्ट्री तयार छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्षको असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आइतबार सार्वजनिक गरिएको टिजरमा महिलामाथि हुने घरेलू हिंसालाई देखाइएको छ । छोरीमाथि समाज र परिवारले कसरी विभेद र दमन गर्छ भन्ने कुरा टिजरमार्फत् अभिव्यक्त गरिएको छ । यद्यपि, टिजर ‘कटिङ’ हदैसम्म कमजोर छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

२०७८ सालको मंसिर ३ गते अभिनेता पल शाह एक फिल्ममा अनुबन्ध भएका थिए । निर्माता करण सिंहले उनीसँग सम्झौता गरेका थिए । त्यसबेला निर्देशक र फिल्मको नाम लुकाइएको थियो । केही दिनपछि फिल्मको निर्देशन यश कुमारले गर्न लागेको रहस्य खुल्यो । तर, फिल्म सुटिङमा नजाँदै पल एक घटनाका कारण कानुनी झमेलामा फसे । र, फिल्मको निर्माण पनि अन्योल बन्यो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

२०४८ सालमा प्रदर्शन भएको फिल्म थियो, ‘कस्तुरी’ । बेलायतमा व्यवसाय गरिरहेका व्यक्तिहरुले मिलेर फिल्मको निर्माण गरेका थिए । फिल्मको प्रमुख निर्माता विनोद मानन्धर थिए । यो बेलायतमा छायांकन भएको पहिलो नेपाली फिल्म समेत हो । तर, घरेलू बजारमा फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । अब यो फिल्मलाई ३१ वर्षपछि डिजिटलाइज गरेर पुनः प्रदर्शन गरिँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

कोरोना महामारीपछि ओटीटी प्लेटफर्मप्रति विश्वमै आकर्षण बढ्दो छ । हलको सशक्त प्रतिस्पर्धी र विकल्पको रुपमा उदाएको ओटीटीमा विश्वका महंगा फिल्म तथा सिरिजहरु रिलिज हुँदै आएका छन् । ठूला फिल्म उद्योगका निर्मातालाई अब लगानी उठाउन हलकै व्यापारमा भर पर्नुपर्ने अवस्था छैन । ओटीटी प्लेटफर्मले नै लगानीभन्दा बढी रकम तिरेर फिल्महरु खरिद गर्ने गरेका छन् ।

Results : 4375 - 4380 of 23812