
गत कात्तिक महिनादेखि नेपाली फिल्मको बजार लगभग डामाडोल बनेको थियो । माघ अन्तिमसम्म प्रदर्शनमा आएका कुनै नेपाली फिल्मले लगानीको एक तिहाइ पनि उठाउन सकेनन् । बरु, यही बजारमा हलिउड र बलिउडका फिल्मले करोडौंको कमाई गरे । फागुन पहिलो हप्ता प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’ले केही सन्तोषजनक व्यापार गरेको भएता पनि त्यो अपेक्षाअनुरुप थिएन ।

साउथ तथा बलिउड फिल्मकी अभिनेत्री तमन्ना भाटियाले यसपालिको होली नेपालमा मनाएकी छन् । उनले मंगलबार साँझ आफ्नो इन्स्टाग्राममा अविरसँग रमाइरहेको केही तस्विरहरु पोस्ट गर्दै आफू नेपालमा रहेको जनाएकी हुन् । उनले लेखेकी छन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’ तस्विरको पृष्ठभूमि हेर्दा तमन्ना काठमाडौं बत्तिसपुतलीस्थित पाँचतारे होटल द्वारिकामा बसेको बुझ्न सकिन्छ ।

विश्वमै जबर्जस्त पकड बनाएको टिकटक एपले नेपाललाई समेत आफ्नो मुठ्ठीमा पारिसकेको छ । गाउँ होस् या शहर, इन्टरनेटको सुविधा भएको ठाउँमा हरेकको मोबाइलमा टिकटक एप अनिवार्य हुन्छ । अहिले टिकटक नेपाली फिल्म प्रचारको एउटा अभिन्न अंग समेत बनेको छ । गीत वा ट्रेलर/टिजरका संवाद टिकटकभरि छाउँदा त्यसले फिल्मको प्रचारमा निकै ठूलो सघाउ पुर्याउँछ ।

मानिसहरु आफ्नो शरीरको अंगलाई सुन्दर र आकर्षक बनाउन अनेकन उपाय अपनाउँछन् । त्यसका लागि ठूलो धनराशी समेत खर्च गर्छन् । पछिल्लो समय कस्मेटिक सर्जरीको ट्रेन्ड नै चलेको छ । विशेषगरी यो मामलामा सेलिब्रेटीहरु अगाडि छन् । विश्वका धेरै कलाकारले आफ्नो अंगलाई सुन्दर बनाउन सर्जरी गरेका छन् । केही नेपाली सेलिब्रेटीहरुले पनि यो उपाय अपनाएका छन् ।

नेपाली फिल्मका तीन लिडिङ अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । रेखा स्वयंले निर्माण गर्न लागेको फिल्ममा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने फिल्मलाई ‘झिँगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् । सुलक्षण भारतीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।

अभिनेत्री निशा अधिकारीले श्रीमान् तथा क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशबन्डाको मुद्धा हालेपछि उनीहरुको सम्बन्ध संकटमा परेको देखिएको छ । यद्यपि, उनले सम्बन्धविक्षेदको मुद्धा हालेकी छैनन् । नाबालक छोरा (युवान) समेतलाई अंश भाग लगाउन माग गर्दै उनले हालेको मुद्धामा अदालतले शरदको सम्पत्तिको वितरण देखाउन आदेश दिएको छ ।

