Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4357 - 4362 of 23810
फिल्मीखबर, काठमाडौं, 2023-03-09, बिहिवार

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् । हिजो बुधबार उनीहरुको इन्गेजमेन्ट भएको थियो । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् । तस्विरमा उनी निकै खुसी देखिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-09, बिहिवार

नेपालमा प्रदर्शनको दिनदेखि आक्रामक कमाईलाई जारी राखेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ बिहीबार (आज) देखि मध्यपूर्वका विभिन्न देशहरुका ५० बढी पर्दामा एकसाथ रिलिज भएको छ । नेपफिल्म्स कम्पनीले कतार, यूएई, बहराईन, ओमनमा फिल्म प्रदर्शन गरेको छ भने साउदी अरेबिया र कुवेतमा केही दिनमा प्रदर्शन हुने वितरक रमेश ढकाले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2023-03-09, बिहिवार

एक समय लभस्टोरी फिल्ममा रुचाइएका अभिनेतामा पर्थे, राजबल्लभ कोइराला । अभिनयमा अब्बल भएकाले उनले करिब ७/८ वर्ष नेपाली फिल्ममा लोभलाग्दो करिअर बनाए । पहिलो फिल्म ‘पर्खि बसेँ’ नै व्यावसायिक रुपमा सफल भएपछि उनले फिल्मको अभाव झेल्नु परेन । तर, नेपाली फिल्ममा उर्बर करिअर हुँदा-हुँदै उनी अचानक अमेरिका हानिए र त्यही आफूलाई ‘सेटल’ गरे ।

फिल्मीखबर, काठमाडौं, 2023-03-08, बुधवार

विवाहको अघिल्लो दिन अर्थात् बुधबार अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले टीकाटालो (इन्गेजमेन्ट) गरेका छन् । दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा उनीहरुले एकअर्कासँग औंठी साटासाट गरेका हुन् । सुरक्षाले टीकाटालोपछिको एक तस्विर सामाजिक सञ्जालमा राख्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

फिल्मीखबर, काठमाडौं, 2023-03-08, बुधवार

‘मञ्जरी’ फेम्ड निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको पोस्टर कलात्मक छ । फिल्मले महिलाको संवेदना, कोमलता, इच्छा र करुणालाई मुख्य विषयवस्तु बनाएको पोस्टरले बुझाउँछ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

Results : 4357 - 4362 of 23810