Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4279 - 4284 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-05-22, सोमवार

कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-05-21, आईतवार

अभिनेता पल शाहले एक घटनाका कारण एक वर्ष जेल जीवन विताए । गत वर्षको फागुनमा जेलमुक्त भएका उनले केही दिनको विश्रामपछि लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् । उनको कमब्याक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन अघिल्लो हप्ता रिलिज भयो । जसलाई उनी आफैंले निर्देशन गरेका थिए भने आफ्नै जेल जीवनलाई दृश्यमा उतारेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-05-21, आईतवार

पत्रकारिताबाट निर्देशनमा होमिएका लक्ष्मण सुवेदीले आफ्नो तेस्रो फिल्म ‘सतीदेवी’को छायांकन पूरा गरेका छन् । बैशाख ११ गते भद्रकाली मन्दिरमा मुहूर्त गर्दै काठमाडौंबाट छायांकन सुरु गरेका उनले शनिबार लमजुङको एक गाउँमा फिल्म ‘प्याकअप’ गरेका हुन् । काठमाडौंमा ४ दिन र गण्डकी प्रदेशको लमजुङ र तनहुँमा २३ दिन छायांकन भएको फिल्म गाउँले परिवेशमा बनेको छ ।

एजेन्सी, मुम्बई, 2023-05-20, शनिवार

साउथ सुपरस्टार थलापति विजयको जबर्जस्त फ्यान फलोइंग छ । नृत्य, अभिनय र एक्सनमा अब्बल मानिने उनका एकपछि अर्को फिल्म बक्सअफिसमा सफल भैरहेका छन् । यसैले उनले पारिश्रमिक पनि हरेक फिल्म हिट भएपछि बढाउँदै आएका छन् । केही दिनयता उनले एक फिल्मका लागि २ सय करोड पारिश्रमिक बुझेको भन्ने चर्चाले मिडिया र सामाजिक सञ्जाल व्यापक तातेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-05-20, शनिवार

तीन हप्ता अगाडि सार्वजनिक भएको फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलरले धेरैलाई ‘सरप्राइज’ बनायो । किनकि, ट्रेलर पृथक थियो । नेपाली फिल्मको मेकिङ र कथावाचन शैली फरक हुन नसकेको टिकाटिप्पणी भैरहेको समयमा ‘बाटो’को ट्रेलरले आशाको नयाँ किरण छरेको छ । जुन शैलीमा ट्रेलर मेकिङ छ, त्यो नेपाली फिल्मकै लागि नयाँ प्रयोग हो । र, दर्शकका लागि नयाँ अनुभूति हो ।

फिल्मीखबर, काठमाडौं, 2023-05-19, शुक्रवार

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लम्बाईको सार्वजनिक ट्रेलरमा कमेडी हाबी छ । ग्रामीण जीवन, वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार-चढावलाई रोचक ढंगले प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता विनोद न्यौपानेको अभिनय र कमिक टाइमिङ राम्रो छ ।

Results : 4279 - 4284 of 24031
Most Visited News (monthly)