
बलिउड सुपरस्टार शाहरुख खानको नेपालमा जबर्जस्त क्रेज छ । उनका फिल्म प्रदर्शन हुँदा केही दिन हलमा महोत्सव नै लाग्छ । यही बुधबारबाट प्रदर्शनमा आउन लागेको उनको कमब्याक फिल्म ‘पठान’ले पनि नेपाली हलमा गजबको चहलपहल बनाउने संकेत गरेको छ । मल्टीप्लेक्समा पाएको शोज संख्या र बुकिङ हेर्दा यो फिल्मले नेपालमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

कुनै पनि सन्दर्भमा आक्रामक अभिव्यक्ति दिने गरेका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काप्रति कटाक्ष गर्दै संघका पूर्व अध्यक्ष तथा नेपाल चलचित्र संघका पूर्व महासचिव अशोक शर्माले हलवालाले हाछ्यूँ गर्दा पनि उनमा आन्दोलन गर्नुपर्छ भन्ने लाग्ने गरेको बताएका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले नाम नखुलाई बुझ्ने भाषामा खड्काप्रति कटाक्ष गरेका हुन् ।

साउथ सुपरस्टार थलपति विजय अभिनीत फिल्म ‘वरिसु’ र अजित कुमार स्टारर फिल्म ‘थुनिवु’ले ११ जनवरीबाट एकसाथ प्रदर्शन थालनी गरेका हुन् । कमजोर समीक्षा पाएका यी दुवै स्टारको फिल्मबीच बक्सअफिसमा रोचक प्रतिस्पर्धा देखिएको छ । तर, यो प्रतिस्पर्धामा विजयको फिल्मले बाजी मारेको देखिन्छ । कमाईको आधारमा ‘थुनिवु’भन्दा ‘वरिसु’ करिब ४० करोडले अगाडि छ ।

अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा अभिनेत्री ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनी अभिनीत सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डको साथमा ऋचा यही बुधबार नेपाल फर्किँदैछिन् । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक हप्तादेखि अष्ट्रेलियामा छिन् ।

सुपरस्टार राजेश हमाल जुन समुदायको बाहुल्यता रहेको क्षेत्रमा पुग्छन्, त्यहाँ उनी त्यस समुदायको भाषा, संस्कृति तथा भेषभुषामा आफूलाई ढाल्ने गर्छन् । मधेश झर्दा धोती, गम्छा र कुर्था लगाउँछन् अनि हिमाली र पहाडी क्षेत्र पुग्दा शेर्पा पहिरनमा ठाटिन्छन् । र, त्यहीँको भाषा बोल्ने प्रयास गर्छन् । सजिलै घुलमिल हुनसक्ने यही विशेषताले नै हमाल हरेक समुदायका प्रिय पात्र बनेका छन् ।

विजयादशमी नेपालीहरुका लागि जति महान् पर्व मानिन्छ, त्यत्तिकै महान् समय हो नेपाली फिल्मका लागि । लामो विदा र रमाइलो माहोल हुने भएकाले नेपाली फिल्म प्रदर्शनका लागि यो सबैभन्दा उपयुक्त समय हो । र, दशैं विदामा प्रदर्शन भएका फिल्मले अरु समयभन्दा राम्रो व्यापार गरेका उदाहरण छन् । यसैले दशैं कब्जा गर्न निर्माताहरुबीच एक वर्ष अगावैदेखि रस्साकस्सी हुने गर्छ ।

