Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4291 - 4296 of 24236
फिल्मीखबर, काठमाडौं, 2023-07-05, बुधवार

यही असार ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’ले अपेक्षाकृत कमाई गर्न सकेको छैन । लगातारको वर्षाको असर पनि फिल्मलाई परेको देखिन्छ । प्रदर्शनभन्दा अगाडि फिल्मको टिमले कलेज-कलेजमा प्रचार अभियान चलाएको थियो । दोस्रो हप्तामा कलेज प्रचार अभियानको प्रभाव देखिन थालेको छ । विभिन्न कलेजका विद्यार्थीहरुले हलमा पुगेर फिल्म हेर्न थालेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-05, बुधवार

यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । बुधबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा अभिनेता सरोज खनालले फिल्म एकल महिलाको कथामाथि आधारित भएर बनेकाले नेपालमा रहेका १५ लाख बढी एकल महिलाहरुलाई सित्तैमा फिल्म देखाउन लागिएको जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2023-07-05, बुधवार

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलर एकल महिलाको पुनर्विवाहको कथामा केन्द्रित छ । आमा (करिश्मा मानन्धर)को पुनर्विवाह गराउन छोरी (प्रमिला कार्की)ले गर्ने संघर्ष र त्यसमा परिवारले गर्ने अवरोधलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-05, बुधवार

२०७१ सालमा प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी (चरी)को जीवनीमा फिल्म बन्ने भएको छ । दिनेश नजिकका एक व्यक्ति (हालै जेलमुक्त भएका)ले अभिनेता कोशिश क्षेत्रीलाई फिल्मको प्रस्ताव राखेका छन् । कोशिशले आफूलाई फिल्मबाट प्रस्ताव आएको जानकारी दिँदै आगामी वर्षभित्रमा निर्माण हुनसक्ने बताए । उनलाई चरीको भूमिकाका लागि प्रस्ताव गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-07-05, बुधवार

अभिनेत्री शिल्पा मास्केले फिल्मको सफलता अनुभव गर्न पाएकी छैनन् । हलिउड र बलिउड फिल्म हुँदै ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा भित्रिएकी उनले अभिनयमा राम्रो सम्भावना देखाए पनि फ्लप श्रृंखलाले छाँयाझैँ पछ्याइरहेको छ । उनको दोस्रो फिल्म ‘कागजपत्र’ पनि असफल भएको थियो । केमियो भूमिका गरेका फिल्म (कठपुतली र फूलबारी)ले समेत उनलाई राहत दिएनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-04, मंगलवार

चर्चित रक गायक तथा नेपाली फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता रोविन तामाङको निधन भएको छ । तामाङको फेसबुकबाट उनको निधनको जानकारी गराइएको हो । फेसबुकमा लेखिएको छ, ‘दुखद समाचार । रोविनको आज निधन भएको छ । हामी तपाईंहरुलाई जानकारी गराउँदै रहनेछौं ।’ बुढानिलकण्ठस्थित निजी निवासमा उनको निधन भएको हो ।

Results : 4291 - 4296 of 24236