
गत बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।

फिल्म कलाकारको स्टारडमले होइन, कन्टेन्टले चल्छ भन्ने उदाहरण बनेको हिन्दी फिल्म ‘द केरला स्टोरी’ ‘अल टाइम ब्लकबस्टर’ बनेको छ । सिर्फ २८ करोडको लागतमा निर्माण भएको फिल्मले भारतीय बक्सअफिसमा २ सय करोडको आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको १९ दिनमा २ सय ३ करोड ४७ लाख नेट कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी गराएका छन् ।

संसार विश्वासमा चलेको छ । र, विश्वास यस्तो चिज हो, जुन कमाउन गाह्रो र गुमाउन सजिलो छ । जब कसैप्रति विश्वास गुम्छ, तब उसलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुन्छ । नैतिकता, इमानदारिता र सदाचार विश्वास टिकाइराख्ने शूत्र हुन् । निजी सम्बन्धमा मात्र होइन, व्यावसायिक पाटोमा पनि विश्वास आर्जन गर्नु सबैभन्दा ठूलो कुरा हो । विश्वास नै व्यक्तिको चिनारीको बलियो आधार हो ।

सन् २०१७ मा आएको फिल्म ‘लुट २’पछि निर्देशनबाट टाढा रहेका निश्चल बस्नेत फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । सोमबार काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा फिल्मको मुहूर्त गर्दै उनले काभ्रेबाट छायांकन सुरु गरेका छन् । ३५ दिनको सेड्युल राखिएको फिल्म जनता र शक्तिको कथामा बन्नेछ । फिल्म आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ ।

युवापुस्तामा राम्रो क्रेज भएका अभिनेता आकाश श्रेष्ठले लभर ब्वाईको छवि बनाएका छन् । डेब्यू फिल्म ‘म त तिम्रै हुँ’देखि नै उनी रोमान्टिक क्यारेक्टरमा जकडिएका छन् । एकैखाले क्यारेक्टर करिअरका लागि हानिकारक मानिन्छ । तर, कलाकारले चाहेर मात्र फरक क्यारेक्टर गर्न सम्भव छैन । यो मेकरले चाहनु पर्छ । कलाकार भनेका त काँचो माटो हुन्, जुन आकार पनि दिन सकिन्छ ।

फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि नेपाली फिल्ममा हिन्दी डबको ट्रेन्ड नै सुरु भएको छ । यो बीचमा धेरै नेपाली फिल्म हिन्दीमा डब भैसकेका छन् । यसैक्रममा, आगामी असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई पनि हिन्दीमा डब गरेर भारतमा प्रदर्शन गरिँदैछ । अहिले भारतको एक स्टुडियोमा हिन्दी डबको काम भैरहेको छ ।

