
काठमाडौं र भक्तपुरमा गरी ५ र मोफसलमा ६ गरी ११ वटा हल सञ्चालन गरेको क्यूएफएक्स देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन हो । यो चेनमा राम्रो शो पाएर दर्शकको उपस्थिति बलियो भए मात्रै पनि एक/डेढ करोडमा बनेका नेपाली फिल्मले लगानी उठाउन सक्ने अवस्था छ । त्यसैले क्यूएफएक्समा फिल्मलाई राम्रो शो दिलाउन वितरकहरुबीच एकखालको प्रतिस्पर्धा नै हुन्छ ।

नेपालको मधेशसँग नेपाली फिल्म टाढा बनेको छ । बरु, मधेशले भोजपुरी फिल्मलाई आत्मसात् गर्छ । किनकि, नेपाली फिल्ममा न मधेशले आफ्नो कथा भेट्छ न आफू जस्तै पात्र । तर, वर्षौंदेखि बहस के हुँदै आएको छ भने नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन पहल गर्नुपर्छ । जबकि, मधेशसम्म पनि नेपाली फिल्म पुग्न सकेको छैन । यसतर्फ न राज्य गम्भीर छ न फिल्मकर्मीहरु ।

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल सोमबार विवाह बन्धनमा बाँधिएका छन् । विवाहका तस्बिरहरु इन्स्टाग्राममा शेयर गर्दै अथिया लेख्छिन्, ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकें । आज, हामीले विवाह गरेका छौं, जसले हामीलाई अपार आनन्द र शान्ति दिएको छ । कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद चाहन्छौं ।’

नेपालमा प्रत्येक वर्ष सयको आसपासमा फिल्म बन्छन् र लगभग त्यही अनुरुपमा रिलिज हन्छन् । त्यसमध्ये आधा दर्जन फिल्मले लगानी सुरक्षित गरेर अर्को फिल्म बनाउन पैसा उठाइदिन्छन् । ४/५ वटा फिल्मले जेनतेन लगानी उठाउँछन् । बाँकी ८०/८५ वटा फिल्मले पोस्टर छपाईको पैसा पनि उठाउँदैनन् । यो विगत एक दशकयताको चित्र हो । हुन त बलिउडमा पनि यही अवस्था छ ।

नेपाली नयाँ वर्ष फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । नेपालीहरु ‘न्यू इयर मूड’मा हुने भएकाले घुमघामका साथै फिल्म हेर्नेको जमात ठूलो हुन्छ । यसैले हरेक नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न निर्माताहरुबीच तछाडमछाड नै चल्ने गर्छ । यस्तैमा, २०८० सालको बैशाख १ अर्थात् नयाँ वर्ष नयाँलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गर्न यतिबेला ठूला ब्यानरबीच प्रतिस्पर्धा चलेको छ ।

बलिउड सुपरस्टार शाहरुख खानको नेपालमा जबर्जस्त क्रेज छ । उनका फिल्म प्रदर्शन हुँदा केही दिन हलमा महोत्सव नै लाग्छ । यही बुधबारबाट प्रदर्शनमा आउन लागेको उनको कमब्याक फिल्म ‘पठान’ले पनि नेपाली हलमा गजबको चहलपहल बनाउने संकेत गरेको छ । मल्टीप्लेक्समा पाएको शोज संख्या र बुकिङ हेर्दा यो फिल्मले नेपालमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

