
नेपालमा हिट फिल्मको सिक्वेल र सिरिज निर्माणमा होडबाजी चलिरहेको समयमा एक दशकभन्दा अघिको सुपरहिट फिल्म ‘पापी मान्छे’को तेस्रो श्रृंखला पनि निर्माण गरिने भएको छ । यसका अघिल्ला दुई श्रृंखला बक्सअफिसमा सफल भएका थिए । अब नयाँ कथामा निर्माणको योजनासहित बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चिम्पान्जीलाई चित्रण गरिएको छ ।

निर्देशक रिमेश अधिकारी नेपालको इतिहासकै ठूलो हत्याकाण्ड मानिने कोतपर्वमाथि फिल्म निर्माण गर्ने तयारीमा छन् । फिल्मको नाम ‘कोतपर्व’ नै राखेर उनले मुख्य भूमिकामा रमेश उप्रेती र सौगात मल्ललाई अनुबन्ध समेत गरिसकेका छन् । आगामी चैतबाट छायांकनमा जाने तरखर गरिएको फिल्ममा अझै केही नाम चलेका कलाकारलाई सम्झौता गर्ने योजनामा निर्देशक अधिकारी छन् ।

आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अदृश्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एकचोटी’ बोलको क्लब गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी र रिश्ता बस्नेत फिचर्ड छन् । विशाल पौडेलको शब्द रचना र संगीत रहेको गीतमा संगीतकार पौडल र सीमा संग्रौलाको स्वर छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो औसत छ ।

चर्चित अभिनेता तथा मोडल पल शाह एक घटनाका कारण जेल जीवनमा रहँदा उनको पक्षमा ठूलो जनसमर्थन देखिएको थियो । उनको रिहाइको माग गर्दै सडकमा प्रदर्शनदेखि रक्तदानसम्म आयोजना भए । जब उनी एक वर्ष जेल जीवन विताएर साधारण जीवनमा फर्किए त्यसपछि उनलाई पहिला समर्थन गर्नेहरु अहिले सामाजिक सञ्जालमा तुच्छ शैलीमा गालीगलौज गरिरहेका छन् ।

अभिनेता रमेश उप्रेतीले अमेरिकाबाट फर्किएपछि जम्मा दुईवटा फिल्ममा काम गरेका छन् । उनको कमब्याक फिल्म ‘ब्रासलेट’ थियो । यो व्यावसायिक रुपमा सफल हुन सकेन । त्यसको केही वर्षपछि उनले आफ्नै निर्माणमा फिल्म ‘ऐश्वर्य’ बनाए । यो फिल्म भने औसत चल्यो । तर, यसपछि उनले फिल्ममा काम गरेका छैनन् । ५ वर्षपछि रमेशको कमब्याक फिल्मको टुंगो लागेको छ ।

अभिनेता पल शाहले अदालतबाट सफाई पाइसकेको भए पनि आफूलाई बलात्कारी भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जेलमुक्त भएपछि दिएको पहिलो टीभी अन्तर्वार्ता ‘ह्वाट द फ्लप’को श्रृंखला विवादित भएर युट्युबबाट हटाइएपछि उनले मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै ‘निधारमा बलात्कारी हुँ लेखेर देश छाडौँ या रत्नपार्क गएर आत्मदाह गरौँ’ भनेर प्रश्न गरेका छन् ।

