Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4285 - 4290 of 23810
फिल्मीखबर, काठमाडौं, 2023-03-26, आईतवार

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित डेब्यू फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक ट्रेलरले सुखद प्रतिक्रिया प्राप्त गरेपछि शनिबार नै निर्माण पक्षले फिल्ममा समावेश ‘चरी बस्यो’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक गरेको हो । गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-25, शनिवार

नेपाली फिल्मका निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पाएको छ । शनिबार संघीय राजधानी काठमाडौंमा भएको १५औं वार्षिक साधारण सभाबाट अध्यक्षदेखि सदस्यसम्म सर्वसम्मत रुपमा चयन भएका छन् । समाजको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत निर्वाचित हुँदा महासचिवमा अरुणकुमार प्रधान चयन भए ।

फिल्मीखबर, काठमाडौं, 2023-03-25, शनिवार

दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा कलाकारको लाइनअप बलियो बनेको छ । अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गर्दै कलाकार छनोट प्रक्रियामा अगाडि बढेको निर्माण टिमले वर्षा सिवाकोटी, राजबल्लभ कोइराला र नीति शाहपछि अब फिल्ममा सौगात मल्ललाई अनुबन्धित गरेको छ । उनीसँग निर्माण टिमले शुक्रबार लिखित सम्झौता गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-25, शनिवार

२०७३ सालको सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ छायांकनमा निस्किएको छ । शुक्रबार काठमाडौंस्थित पशुपति परिसरबाट छायांकन सुरु भएको फिल्मको पहिलो दृश्य अभिनेता विपिन कार्कीको कैद गरियो । सुटिङ सेटबाट बाहिरिएको एउटा तस्विरमा उनी भष्मे डनको गेटअपमा देखिएका छन् । उनले कपाल समेत मुण्डन गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-24, शुक्रवार

नयाँ वर्षको दिन पारेर आगामी बैशाख १ गतेबाट चार फिल्म ‘नाईं नभन्नू ल ६’, ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रदर्शनमा आउँदैछन् । चारवटै फिल्म यो मितिबाट डगमगाउने देखिएका छैनन् । आज शुक्रबार यी चारवटा फिल्मबीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चल्यो । ‘जारी’ र ‘बिहे पास’को ट्रेलर रिलिज हुँदा ‘नाईं नभन्नू ल ६’ र ‘बुलाकी’को भने गीत सार्वजनिक गरिएको छ ।

Results : 4285 - 4290 of 23810