
यही चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध प्रहरीमा बैंकिङ कसूर तथा ठगीको उजुरी, सेन्सर बोर्डमा फिल्मको सेन्सर रोक्न निवेदन, चलचित्र विकास बोर्डसहित विभिन्न फिल्म सम्बद्ध संघ-संस्थामा पैसा नपाएको भन्दै प्राविधिकदेखि कास्कीको होमस्टेसम्मले उजुरी हालेका थिए । जसले गर्दा फिल्मको प्रदर्शन अन्योल बनेको थियो ।

एउटै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु अब सामान्य भैसकेको छ । यस वर्ष त झन् कोरोना महामारीले अड्किएका र नयाँ निर्माण भएका फिल्म एकै मितिमा भिडिरहेका छन् । आगामी बैशाख १ गते चार फिल्म ‘बुलाकी’, ‘नाईं नभन्नू ल ६’, ‘जारी’ र ‘बिहे पास’ भिड्दैछन् । यसमध्ये ‘बुलाकी’ र ‘जारी’को रिलिज डेट मात्र होइन, कथासार समेत एउटै छ । दुवै जारी प्रथामा बनेका हुन् ।

गत साउनमा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि अभिनेता भुवन केसी एकपछि अर्को विवादमा तानिए । बोर्डमा आएको केही महिना त उनको काम विवाद जन्माउनु मात्र देखिएको थियो । विवादको श्रृंखला गत माघमा दुबईमा सम्पन्न भएको फेस्टिभलसम्म जारी नै रह्यो । अब भने अध्यक्ष केसीले रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमलाई प्राथमकिता दिन थालेका छन् ।

गत असार १९ गते अभिनेत्री पूजा शर्माले आफ्नो नयाँ फिल्मका लागि मुख्य अभिनेतामा अनमोल केसीसँग सम्झौता गरेकी थिइन् । पूजाको निर्माण र सुदर्शन थापाको निर्देशन रहने फिल्ममा अनमोल र पूजाको जोडी बाँधिने बताइएको थियो । तर, केही दिनयता अनमोलले यो फिल्मबाट हात झिकेको गाइँगुइँ छ । उनले फिल्म साइन गर्दाखेरि बुझेको रकम समेत फिर्ता गरिसकेको बताइन्छ ।

यही चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध यस फिल्मका पूर्व निर्माता केशव पाण्डेले प्रहरीमा चेक बाउन्स र ठगीको उजुरीसँगै केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि फिल्मको प्रदर्शन नै अन्योल बनेको अवस्था छ । प्रदर्शनका लागि अब तीन दिन मात्र बाँकी रहँदा फिल्मको प्रचारको काम समेत हुन सकेको छैन ।

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’को जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहने नयाँ फिल्म ‘हात्तीछाप’को छायांकनभन्दा अगावै मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मध्य पूर्वी मुलुकमा फिल्मको प्रदर्शन अधिकार महंगो मूल्यमा खरिद गरेका हुन् ।

