Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4165 - 4170 of 24236
फिल्मीखबर, काठमाडौं, 2023-08-04, शुक्रवार

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको गणेशदेव पाण्डेद्वारा निर्देशित तेस्रो फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा चार महिला पात्रको कथालाई देखाइएको छ । फिल्म यौन मनोविज्ञानमा आधारित रहेको ट्रेलरले प्रष्ट्याउँछ । अभिनेत्री सुरक्षा पन्तलाई यौनकर्मीको रुपमा चित्रण गरिएको छ । सुशील सिटौला भने उनलाई एकतर्फी प्रेम गर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-04, शुक्रवार

स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘कामिनो’ निर्माण नहुँदै संकटमा परेको छ । निर्धारित समयमा छायांकन नहुँदा एकपछि अर्को कलाकारले फिल्म छाडिरहेका छन् । सौगात मल्ल, राजबल्लभ कोइराला र नीति शाहपछि वर्षा सिवाकोटीले पनि फिल्म छाडेकी छन् । उनी स्वयंले यसको पुष्टि गरिन् । उनले बिहीबार निर्माण टिमलाई अब काम गर्न नभ्याउने जानकारी गराएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-04, शुक्रवार

हलिउडका दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ले नेपालमा उत्साहप्रद व्यापार गरिरहेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’को व्यापार पनि सुखद छ । जसले गर्दा नेपाली बक्सअफिसमा विदेशी फिल्मको एकछत्र दबदबा देखिएको छ । यसबीच, शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-03, बिहिवार

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य : भाग एक’को छायांकन सकिसकेको छैन । पहिलो चरणको छायांकन (४५ प्रतिशत) सकेर निर्माण टिमले केही हप्ताको विश्राम लिएको छ । आगामी भदौबाट दोस्रो चरणको बाँकी छायांकन सुरु हुन लागेको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-03, बिहिवार

एउटा उखान छ, ‘घुमिफिरी रुम्जाटार ।’ यही भएको छ नीति शाहको हकमा । अभिनेता अनमोल केसीको जोडी बन्ने गरी गत वर्ष उनले फिल्म ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर पछि अनमोलले फिल्म छाडे । जसले गर्दा उनीहरुबीच सहकार्य हुन सकेन । तर, नीतिको भाग्यमा अनमोलकै फिल्मबाट डेब्यू गर्न लेखेको रहेछ । अब फिल्म ‘रावायण’मा यी दुईको जोडी बाँधिने भएको छ ।

Results : 4165 - 4170 of 24236