Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4165 - 4170 of 24031
एजेन्सी, मुम्बई, 2023-06-17, शनिवार

बलिउडकै माइलस्टोन फिल्म मानिने ‘लगान’ रिलिजको २२ वर्ष पूरा भैसकेको छ । आशुतोष गोवारिकर निर्देशित फिल्म १५ जून २००१ मा रिलिज भएको थियो । त्यसबेला फिल्मले भारतमा मात्रै ३४ करोड कमाएको थियो । कयौं हिसाबमा यो फिल्मले इतिहास रचेको छ । फिल्ममा अभिनेता आमिर खान मुख्य भूमिकामा थिए । यही फिल्मले उनलाई करिअरमा नयाँ उचाइँ दिलाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-06-17, शनिवार

रोमान्टिक भूमिकामा रुचाइएकी अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा प्रस्तुत हुने भएकी छन् । रुपेश तामाङको निर्देशनमा बन्न लागेको ‘दान्भी’ शीर्षकको फिल्ममा उनी एक्सन लेडी बन्न लागेकी हुन् । फिल्मको घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको तीनवटा पोस्टरमा उनलाई रोमान्टिक र एक्सन मूडमा देख्न सकिन्छ । पोस्टरमा उनी पेस्तोलसहित पनि देखिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-16, शुक्रवार

राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ । सुनको इतिहासमाथि निर्माण भएको फिल्मको टिजर भने अभिनेता गौरव पहारी र नम्रता सापकोटाको प्रेम सम्बन्धमा आउने उतार-चढावमा केन्द्रित छ । कमेडी र एक्सनलाई प्राथमिकता दिइएको टिजरमा किरण नेपाली भिलेनको भूमिकामा प्रस्तुत छन् भने सरोज खनाल गाउँको मुखियाको भूमिकामा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-16, शुक्रवार

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउत अभिनीत नयाँ फिल्म ‘ऐँचो पैँचो’ जनै पूर्णिमाको अवसर पारेर आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्देशक तथा निर्मात्री कृषा चौलागाईँ र आरआर फिल्म्सबीच वितरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा फिल्म ‘गणपति’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-16, शुक्रवार

शुक्रबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सहयोग मागेका छन् । शाहले शुक्रबार मन्त्रालयलाई पत्र काट्दै फिल्मबाट आपत्तिजनक अंश हटाउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-16, शुक्रवार

शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दू धर्म ग्रन्थ रामारणमा आधारित भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्चाए काठमाडौंभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)को चेतावनीपछि फिल्मका मेकरले उक्त संवाद हटाएको प्रतिष्ठित भारतीय मिडियाहरुले बताएका छन् ।

Results : 4165 - 4170 of 24031
Most Visited News (monthly)