Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4153 - 4158 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-20, मंगलवार

नेपाली फिल्म क्षेत्रमा ‘नम्रता’ नाम गरेका तीनजना अभिनेत्री छन् । जसमध्ये ‘नोभेम्बर रेन’ फेम्ड अभिनेत्री नम्रता श्रेष्ठको करिअर मात्र सुखद देखिन्छ । फिल्म ‘अन्तराल’बाट डेब्यू गरेकी नम्रता सापकोटाको करिअर भने न खराब न अपेक्षाकृत छ । अहिलेसम्म उनले झन्डै एक दर्जन फिल्ममा काम गरिसकेकी छन् । तर, कुनैबाट उनले व्यावसायिक सफलताको महशुस गर्न पाएकी छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-20, मंगलवार

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साहरा कार्कीले इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन् । आफ्नै डेब्यू फिल्मका अभिनेता फिरोज तिमल्सिनासँग उनले असार ३ गते अमेरिकामा औंठी साटासाट गरेकी हुन् । दुवैले इन्गेजमेन्टका तस्विरहरु सामाजिक सञ्जालमा सेअर गरेका छन् । साहराले ‘हाम्रो सधैंभरिको सुरुवात’ भनेर उल्लेख गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-19, सोमवार

नेपाली फिल्ममा अभिनेताको रुपमा भित्रिएका थिए, सुरज पाण्डे । आमा शर्मिला पाण्डेको निर्माण रहेको फिल्म ‘लभ लभ लभ’मा उनको मुख्य भूमिकामा थियो । उनको अपोजिटमा अभिनेत्री स्वस्तिमा खड्का थिइन् । फिल्म व्यावसायिक रुपमा सफल नभए पनि उनको अभिनयको भने थोरबहुत प्रशंसा भएको थियो । तर, पहिलो फिल्मबाटै सुरजले अभिनय यात्रालाई पूर्णविराम लगाए ।

फिल्मीखबर, काठमाडौं, 2023-06-19, सोमवार

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवादलाई लिएर भैरहेको विवादले नेपालमा उग्र रुप लिएको छ । काठमाडौं, पोखरा, धरानलगायतका ठूला शहरमा सोमबारबाट फिल्मको प्रदर्शन रोकिएको छ । हल व्यवसायीहरुले पनि शान्ति सुरक्षाका कारण फिल्म हटाएपछि नेपाल वितरक कम्पनी व्यंकटेस इन्टरटेनमेन्टले देशभर फिल्म नचलाउने औपचारिक घोषणा गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-19, सोमवार

काठमाडौं र पोखरा महानगरपालिकापछि धरान उपमहानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी (सीता) भारतकी छोरी हुन्’ भन्ने आशयको संवादप्रति आपत्ति जनाउँदै उक्त फिल्ममाथि प्रदर्शनमा रोक लगाउने निर्णय भएको एक भिडियो सन्देश जारी गर्दै बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-19, सोमवार
Results : 4153 - 4158 of 24031
Most Visited News (monthly)