Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4183 - 4188 of 23809
फिल्मीखबर, काठमाडौं, 2023-04-20, बिहिवार

नेपाली फिल्म क्षेत्रमा केही कलाकारबीच हार्दिक सम्बन्ध छैन । यद्यपि, मिडियासामु घनिष्ट मित्रता देखाउँछन् । वास्तविकतामा भने पानी बाराबारकै अवस्था हुन्छ । केही वर्षयता दुई शर्मा अभिनेत्री पूजा र आँचलबीच अघोषित शितयुद्ध छ । मौका मात्र पाउनुपर्छ, एकअर्काप्रति घोचपेच र कटाक्ष गर्न दुवै पछाडि पर्दैनन् । मानौं, उनीहरु नेपाली फिल्मका पुष्पकमल दाहाल र केपी ओली हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-04-20, बिहिवार

अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाले पहिलो पटक एकसाथ काम गरेको फिल्म हो, ‘नम्बरी सुन’ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको लमजुङस्थित भुजुङ्ग गाउँमा ३१ दिनसम्म छायांकन भएको थियो । फिल्ममा समावेश ‘तिमी वर म पिपल’ बोलको गीत भने यतिबेला दोलखा जिल्लाको चर्चित पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा छायांकन भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-04-19, बुधवार

मातातीर्थ औंसीको पूर्वसन्ध्यामा आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘गणपति’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ए मेरी आमा’ बोलको संवादसहितको गीतले सन्तानप्रति आमाको प्रेम वर्णन गर्छ । सार्वजनिक गीतमा निर्देशक सबिन अधिकारीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविन भेडुवालको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु मर्मस्पर्शी छन् ।

फिल्मीखबर डटकम, काठमाडौं, 2023-04-19, बुधवार

नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल र नेपालगञ्ज पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को विषयमा जानकारी गराउनका लागि उनीहरुले त्यस क्षेत्रका दर्शकसँग भेट गर्न लागेका हुन् । उनीहरुले शुक्रबार बुटवलमा भेटघाट गर्ने कार्यक्रम छ ।

फिल्मीखबर, काठमाडौं, 2023-04-19, बुधवार

कुनै बेला बलिउडका तीन खान (आमिर, सलमान र शाहरुख)का फिल्मले नेपालमा अधूम व्यापार गर्थे । उनीहरुको फिल्म रिलिज हुँदा नेपाली फिल्म हप्तैसम्म लाग्थेनन् । ठूला-ठूलो वितरक कम्पनीबीच उनीहरुका फिल्म नेपाल ल्याउन हानाथाप नै हुन्थ्यो । तर, केही वर्षयता तीन खानका फिल्महरुले नेपालका वितरकलाई डुबाएको मात्र छ, शाहरुखको ‘पठान’लाई अपवाद छाड्ने हो भने ।

फिल्मीखबर, काठमाडौं, 2023-04-19, बुधवार

कथा र कविता लेखनमा उँचो नाम बनाएका उपेन्द्र सुब्बाको पहिलो निर्देशकीय फिल्म ‘जारी’ले यतिबेला घरेलू बजारमा आक्रामक व्यापार गरिरहेको छ । ‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट कथा तथा पटकथा लेखनमा आफूलाई अब्बल सावित गरेका उनले पहिलो फिल्मबाटै निर्देशनमा समेत राम्रो सम्भावना देखाएका छन् । रसिक ढंगले मौलिक कथा भन्न सक्ने क्षमता उपेन्द्रमा देखिएको छ ।

Results : 4183 - 4188 of 23809