Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4171 - 4176 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-16, शुक्रवार

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको फागुन १२ गते फिल्म प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेन । असार २९ मा फिल्म ‘बद्री बहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-16, शुक्रवार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर नेपालमा भैरहेको विवादलाई सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम आत्मसात् नगर्दाको परिणाम भनेका छन् । बोर्डको उक्त निर्णय हलवाला र वितरकले मानेको भए अहिलेको यो स्थिति नआउन सक्ने उनले फेसबुकमा उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

हिन्दू धर्म ग्रन्थ रामायणमा आधारित भएर बनेको भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखिएको भन्दै त्यसलाई भारतमा तीन दिनभित्र नसच्चाए काठमाडौंभित्रका सिनेमा हलमा कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि नेपाली फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा उनको समर्थन गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

भोलि शुक्रबारबाट संसारभर प्रदर्शन हुन लागेको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्याएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने चेतावनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै संवाद सच्याउन तीन दिनको समय दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा अभिनेत्री वर्षा सिवाकोटीसहित सयजना कोरसले नृत्य गरिरहेको सेटमा लोमान बालेर धुवाँ निकाल्ने क्रममा आगलागी भएको हो । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरिरहेका थिए । आगो नियन्त्रणमा आइसकेको भए पनि सेट जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-15, बिहिवार

फिल्म व्यावसायिक रुपमा सफल भएपछि त्यसमा काम गर्ने कलाकारको करिअर कायापलट हुन्छ । एकाएक डिमान्डेड बन्छन् । तर, सबैको हकमा यही हुँदैन । फिल्म चलेर पनि गुमनाम भएका धेरै छन् । केहीले भने फिल्म नचल्दा पनि करिअरमा राम्रो उचाइँ हासिल गरेका छन् । यसमा अभिनेत्री जसिता गुरुङ पनि पर्छिन् । लगातार फिल्म ‘फ्लप’ हुँदा पनि उनको करिअर कमजोर छैन ।

Results : 4171 - 4176 of 24031
Most Visited News (monthly)