Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4177 - 4182 of 23809
फिल्मीखबर, काठमाडौं, 2023-04-21, शुक्रवार

‘कबड्डी’ समुहको फिल्म ‘जारी’ले यस वर्षको सानदार सुरुवात गरेको छ । फिल्मले पहिलो हप्ता ७ करोड ६५ लाख रुपैयाँ जोडेको चलचित्र विकास बोर्डको सिस्टममा देखिन्छ । यसमा शुक्रबार (आज)को एड्भान्स बुकिङको कमाई पनि जोडिएकाले त्यसलाई घटाउँदा र बक्सअफिस नजोडिएका हलको रिपोर्ट जोड्दा फिल्मले एक हप्तामा ७ करोड ५०/५५ लाखसम्म कमाएको हुनसक्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-04-21, शुक्रवार

साउथ फिल्मका सुपरस्टार अजीत कुमार अहिले नेपालमा छन् । उनी बाइक हाँकेरै सिलगुडी हुँदै पहिलो पटक नेपाल आएका हुन् । उनी सुटिङका लागि नेपाल आएको चर्चा भए पनि यसबारेमा आधिकारिक जानकारी प्राप्त भएको छैन । यही सोमबार धनुषाको ढल्केबरमा खाजा खाएर काठमाडौंतिर हुँइकिएका उनी होटल शंकरमा बसेका थिए । अजीतले काठमाडौंमा दुई दिन बेतित गरे ।

फिल्मीखबर, काठमाडौं, 2023-04-21, शुक्रवार

एक घटनाका कारण ठ्याक्कै एक वर्ष जेल जीवन विताएर फर्किएका चर्चित अभिनेता तथा मोडल पल शाहलाई यतिबेला म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । १५/२० दिनको अवधिमा उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । जेलबाट छुटेपछि पलको पहिलो म्यूजिक भिडियो उनी आफैं निर्देशित ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन चाँडै सार्वजनिक हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-04-21, शुक्रवार

करिब ७/८ वर्षदेखि अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त फेरि आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले नयाँ वर्षको अवसर पारेर आफू फेरि आमा बन्न लागेको खुसी साटेकी हुन् । उनले श्रीमान र छोरीसँगको तस्बिरहरु सेअर गर्दै इन्स्टाग्राममा लेखेकी थिइन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’

फिल्मीखबर, काठमाडौं, 2023-04-20, बिहिवार
फिल्मीखबर, काठमाडौं, 2023-04-20, बिहिवार

बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘नाइँ नभन्नू ल ६’को तीनवटा गीत तथा ट्रेलर/टिजर सार्वजनिक गरिएको थियो । तर, अन्तिम घडीमा फिल्मले मैदान छाड्यो । र, बैशाख १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरियो । अब फेरि निर्माण टिमलाई प्रचार तीव्र पार्नुपर्ने चुनौती थपिएको छ । यसबीच, बिहीबार फिल्मको ‘कबाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

Results : 4177 - 4182 of 23809