Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4159 - 4164 of 24236
फिल्मीखबर, काठमाडौं, 2023-08-07, सोमवार

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीमा केन्द्रित छ । उनीहरुको प्रेममा आउने उतार-चढाव र रोकावटलाई ट्रेलरमा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-07, सोमवार

भुवन चैत्य बसुन्धारा फाउण्डेसनले दुई वर्ष (२०७८ र २०७९)को पुरस्कार एकसाथ वितरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले फिल्मकर्मी र संगीतकर्मीलाई भुवन चैत्य बसुन्धारा पुरस्कारबाट सम्मानित गरेकी हुन् । सिभिल सेभिङ सहकारीमा फाउण्डेसनको १५ लाख रुपैयाँ फसेपछि दुई वर्ष पुरस्कार वितरण हुन सकेको थिएन ।

फिल्मीखबर, काठमाडौं, 2023-08-06, आईतवार

बलिउडका प्रायः सेलिब्रेटीका लागि बिदा मनाउने आकर्षक गन्तव्य बनेको माल्दिभ्स नेपाली सेलिब्रेटीहरुको पनि रोजाई बनिरहेको छ । बलिउडमा प्रवेश गर्न वर्षौंदेखि मुम्बईमा संघर्षरत अभिनेत्री अदिती बुढाथोकीको लागि त माल्दिभ्स पानी पँधेरो नै भैसकेको छ । उनी अक्सर ‘रिफ्रेस’ हुन माल्दिभ्स पुगेकी हुन्छिन् । र, त्यहाँको समुन्द्री किनारमा उनी आफूलाई नयाँ अवतारमा प्रस्तुत गर्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-06, आईतवार

नेपाली फिल्ममा तीन दशक विताइसकेका निर्देशक शोभित बस्नेत आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आइरहेका हुन्छन् । केही वर्षअघि उनले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको थियो । यसको असर उनीद्वारा निर्देशित फिल्म ‘डाँडाको वर पीपल’लाई समेत परेको थियो । तर, विवादको डरले आफ्नो अभिव्यक्ति राख्न भने उनी डराउँदैनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-05, शनिवार

कपूर खानदानले बलिउडमा दशकौंदेखि राज गरिरहेको छन् । ६० को दशकका सुपरस्टार पृथ्वीराज कपूरपछि अहिले बलिउडमा यो परिवारको चौंथो पुस्ता सक्रिय छ । राज कपूर, ऋषि कपूर, रणधीर कपूर, शशि कपूर, शम्मी कपूर हुँदै करीना कपूर, रणबीर कपूरले समेत बलिउडमा गर्विलो उपस्थिति जनाएका छन् । आफ्नो दमदार अभिनय र गुड लुक्सले उनीहरु सधैं चर्चामा रहन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-05, शनिवार

मधुसुदन भट्टराईको निर्देशनमा फिल्म ‘हामी तीन भाई’को छायांकन सुरु भएको छ । शुक्रबार (हिजो) मकवानपुरस्थित पर्यटकीय स्थल चित्लाङबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको छायांकन सेड्युल एक महिनाको रहेको निर्देशक भट्टराईले जानकारी दिए । पारिवारिक प्रेमकथामा आधारित भएर बन्न लागेको यो फिल्मको प्रस्तुतकर्तामा साजित महत रहेका छन् ।

Results : 4159 - 4164 of 24236