Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4159 - 4164 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-19, सोमवार

नेपालका दुईटा महानगर काठमाडौं र पोखरामा सोमबारबाट सबै भारतीय फिल्मको प्रदर्शन रोकिएको छ । फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद सच्चाउन दबाबस्वरुप दुईवटा महानगरले सबै हिन्दी फिल्मको प्रदर्शन रोकेका हुन् । महानगरको आदेशपश्चात् काठमाडौं र पोखराका हलले ‘आदिपुरुष’सहितका हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-18, आईतवार

भारतीय फिल्म ‘आदिपुरुष’को निर्माण कम्पनी सुपर कसेट्स इन्डस्ट्रीज लिमिटेडले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेख्दै फिल्ममा सीता माताको जन्म स्थानको बारेमा कुनै सन्दर्भ नभएको स्पष्टिकरण दिएको छ । सुपर कसेट्सकी राधिका दासको हस्ताक्षर रहेको पत्रमा नेपालीहरुको भावनामा कुनै तरिकाले ठेस पुगेको भए क्षमा समेत मागिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-18, आईतवार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भारतमा तीन दिनभित्र नसच्चाए काठमाडौं महानगरभित्र कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए । उक्त समयसीमा आइतबार सकिँदैछ । तर, भारतमा फिल्मको संवाद सच्चाइएको छैन । नेपालमा भने उक्त संवादमा सेन्सर बोर्डले ‘म्यूट’ गर्न लगाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-06-18, आईतवार

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भारतसँगै नेपालमा पनि विवाद र विरोध चर्किँदै गएको छ । तर, भारत र नेपालमा भैरहेको विरोधको उद्देश्य भने अलग-अलग छ । फिल्ममा समावेश संवादको भाषा निकृष्ट शैलीको भएको भन्दै हिन्दू धर्मावलम्बी तथा हिन्दूवादी संस्थाहरुले भारतमा विरोध जनाइरहँदा नेपालमा भने फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भ्रमपूर्ण रहेको भन्दै विरोध भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-18, आईतवार

नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत फिल्म ‘काँडेतार’ यस वर्षको महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर एक पोस्टरमार्फत् आगामी फागुन २५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । २५ गते शिवरात्रीको सार्वजनिक विदा र शुक्रबार पनि परेकाले नवलले उक्त मिति रोजेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-18, आईतवार

महान् हिन्दू धर्म ग्रन्थ रामायणमा आधारित भएर निर्माण भएको भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शनभन्दा अगावैदेखि विभिन्न कारणले विवादित र आलोचित थियो । प्रदर्शनपछि विवादले थप उग्र रुप लिएको छ । फिल्ममा समावेश संवादको भाषा र पात्रको भेषभुषालाई लिएर भारतमा व्यापक विरोध भैरहेको छ भने सीतासम्बन्धी एक संवादका कारण नेपालमा फिल्म प्रतिबन्धको आवाज उठिरहेको छ ।

Results : 4159 - 4164 of 24031
Most Visited News (monthly)