Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4141 - 4146 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-22, बिहिवार

नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी (दाजुभाई)ले आमा रविना देशराज श्रेष्ठ (पूर्व बैंकर)को विवाह गरिदिएका छन् । बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए । रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-22, बिहिवार

उच्च अदालत पाटनले कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको हो । अदालतको यो आदेशसँगै भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शनको लागि कानुनी बाटो खुलेको छ । यही फिल्ममा समावेश सीतासम्बन्धी संवादलाई लिएर काठमाडौंसहित देशका विभिन्न शहरमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-06-22, बिहिवार

अभिनेता आर्यन सिग्देलको करिअर जति छिटो उचाइँमा पुग्यो, त्यही गतिमा ओरालो झर्‍यो । कुनै समय उनलाई नेपाली फिल्मको ‘नम्बर वान नायक’ भन्ने गरिन्थ्यो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । फिल्मको सफलता उनलाई सामान्य थियो । तर, अहिले असफलताले उनलाई छायाँ झैं पछ्याइरहेको छ । विगत ६/७ वर्षदेखि उनी एउटा हिट फिल्मका लागि भौतारिएका छन् ।

एजेन्सी, मुम्बई, 2023-06-22, बिहिवार

‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनीत हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शन अगावैदेखि विवादमा तानिएको थियो । तर, त्यो विवाद सामाजिक सञ्जालमा मात्रै सीमित थियो । तर, प्रदर्शनमा आएपश्चात् फिल्ममा समावेश संवादको भाषालाई लिएर अदालतमा मुद्धा दर्तादेखि सडकमा विरोध प्रदर्शनसम्म भैरहेका छन् । फिल्मले रामायण ग्रन्थलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-21, बुधवार

हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवादलाई लिएर नेपालमा भैरहेको विवादको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सेन्सर बोर्डले संवाद हटाउन लगाएर नै प्रदर्शन अनुमति दिएको प्रष्टीकरण दिइन् ।

Results : 4141 - 4146 of 24031
Most Visited News (monthly)