
अहिले अभिनेता दयाहाङ राईको नेपाली फिल्ममा माग र व्यस्तता उत्कर्षमा छ । ‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि करिब हरेक मेकरको रोजाईमा उनी छन् । उनलाई महिनौं पर्खिन समेत तयार छन् । यस वर्षका लागि त उनी ‘प्याक’ नै भैसके । तर पनि उनले फिल्म सम्झौता गर्न छाडेका छैनन् । अबको केही महिनामा उनी अर्को वर्षका लागि पनि ‘प्याक’ हुने सुनिश्चित छ ।

३ दशकभन्दा लामो अभिनय करिअरमा अभिनेता सरोज खनालले कयौं यादगार फिल्ममा काम गरेका छन् । प्रायः हरेक फिल्ममा अभिनयको प्रशंसा कमाएका उनले करिअरमै पहिलो पटक फिल्म निर्देशन गरेका छन् । उनको पहिलो निर्देशकिय फिल्म ‘बगान’ यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्ममा उनी स्वयंले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राई पहिलो पटक फिल्ममा एकसाथ देखिने भएका छन् । ‘हाईवे’ र ‘ह्वाइट सन’का निर्देशक दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘राजागन्ज’मा उनीहरुले साथमा काम गर्न लागेका हुन् । ‘कबड्डी’ सिरिजका निर्देशक तथा ‘जारी’का निर्माता रामबाबु गुरुङको निर्माण रहने फिल्म पुलिस थ्रिलर कथामा बन्न लागेको हो ।

नेपाल सरकार अन्तर्गत नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । शनिबार बोर्डको २३औं वार्षिकोत्सवमा बोर्डका सदस्य सचिव विशाल सापकोटाले १७ करोड ९५ लाख ४० हजारको बजेट प्रस्तुत गर्दै भावि कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उक्त बजेटमा नेपाल सरकारबाट ४ करोड ४५ लाख प्राप्त छ ।

अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी विजयादशमीमा उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्ने योजना बनाएकी छन् । उनी स्वयंले दशैंमा विवाह गर्न लागेको जानकारी दिइन् । उनका अनुसार, दशैंकै दिन विवाहको तयारी भैरहेको छ । यसपटक आगामी कात्तिक ७ गते दशैं परेको छ । यही मितिमा प्रेमी युद्धसँग उनले विवाह गर्न लागेकी हुन् ।

मौलिक फिल्म निर्माणमा सहयोग गर्ने हेतुले चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’ अन्तर्गत नवल खड्का अभिनीत तथा निर्देशित फिल्म ‘काँडेतार’लाई दश लाख प्रदान गरिएको छ । शनिबार बोर्डको २३औं वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा र बोर्ड अध्यक्ष भुवन केसीले संयुक्त रुपमा निर्देशक खड्कालाई १० लाखको चेक हस्तान्तरण गरे ।

