Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4111 - 4116 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-29, बिहिवार

अभिनेताद्वय आकाश श्रेष्ठ र सलान बस्नेतको पहिलो सहकार्य रहेको फिल्म ‘हिँड्दा हिँड्दै’ले आगामी भदौ १ गतेबाट प्रदर्शन थाल्ने भएको छ । यसअघि गत माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेको थिएन । नयाँ प्रदर्शन मिति घोषणासँगै बिहीबार फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मित्रता र प्रेमलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-29, बिहिवार

अमेरिकामा बसोबास गर्दै आइरहेका नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गतको ‘चलचित्रकर्मी कल्याणकारी कोष’लाई आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार चाबहिलस्थित बोर्डको कार्यालयमा पुगेर उनले एक लाख रुपैयाँ प्रदान गरेका हुन् । सहयोग प्रदान गर्दै अधिकारीले आफू सधैं नेपाली फिल्मको शुभचिन्तक रहेको र नेपाली फिल्म नियमित रुपमा हेर्ने गरेको बताए ।

फिल्मीखबर, काठमाडौं, 2023-06-29, बिहिवार

नेपालमा क्राइम-थ्रिलर जनरामा ज्यादै कम फिल्म बन्छन् । व्यावसायिक सफलताको सम्भावना कम हुने बुझाईले पनि यो जनरामा जोखिम मोल्न मेकरहरु आँट गर्दैनन् । यद्यपि, यो जनरा रुचाउने दर्शक भने नेपालमा उल्लेख्य छन् । यसबीच, क्राइम-थ्रिलर जनरामा बनेको फिल्म ‘परस्त्री’ बिहीबारबाट प्रदर्शनमा आएको छ । फिल्मको हिन्दी संस्करण भोलिबाट भारतमा प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-29, बिहिवार

फिल्म ‘दर्पण छायाँ २’की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले लगनगाँठो कसेका छन् । गत हप्ता इन्गेजमेन्ट गरेका उनीहरुले असार ११ गते सोमबार अमेरिकामा विवाह गरेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारको उपस्थिति थियो । करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरु लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-29, बिहिवार

असार र साउन महिना फिल्म प्रदर्शनको लागि सही समय मानिँदैन । यी महिनामा पानी परिरहने भएकाले त्यसको असर फिल्मको व्यापारमा पर्छ भन्ने बुझाइ प्रायः नेपाली निर्मातामा छ । यसैले हरेक वर्ष हिउँदे महिनामा कमै फिल्म रिलिज हुन्छन् । तर, फिल्म बलियो छ भने दर्शकलाई हल जान न पानीले रोक्छ न घामले । यही विश्वासमा फिल्म ‘परस्त्री’ बिहीबारबाट प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-28, बुधवार

चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले एकाएक चर्चामा आएका सागर लम्साल अब आफैं फिल्म निर्माणको तयारीमा जुटेका छन् । केही समयदेखि उनी आफैंले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । आगामी वर्ष फिल्मको छायांकन सुरु गर्ने योजनामा लम्साल छन् । उनले निर्देशक समेत अनुबन्धित गरिसकेका छन् । तर, नाम भने खुलाउन चाहेनन् ।

Results : 4111 - 4116 of 24031
Most Visited News (monthly)