Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4117 - 4122 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-28, बुधवार

असार १५ गते शुक्रबारका लागि प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘परस्त्री’ भोलि बिहीबारबाटै नेपालमा प्रदर्शन हुने भएको छ । भोलिबाटै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुने भएपछि ‘परस्त्री’को टिमले पनि शुक्रबार नकुर्ने निर्णय गरेको हो । नेपाल सरकारले भोलि बकर ईदको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-28, बुधवार

प्रायः नेपाली कलाकार हरर फिल्मदेखि तर्सिन्छन् । अर्थात् काम गर्न रुचाउँदैनन् । यसको एउटै कारण हो, नेपालका हरर फिल्मले दर्शक तर्साउन सकेका छैनन् । र, नेपालमा यो जनराको सफलता दर शून्य बराबर छ । त्यसैले कलाकारहरुको रोजाईमा हरर जनरा पर्दैन । अभिनेत्री प्रियंका कार्कीमा भने हरर फिल्मप्रति विछट्टै मोह देखिन्छ । नेपालमा धेरै हरर फिल्म गर्नेमा उनै पर्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-28, बुधवार
फिल्मीखबर, काठमाडौं, 2023-06-27, मंगलवार

रेश्मा घिमिरेलाई टिकटकले चिनाएको हो । तर, टिकटकले चिनाउनुभन्दा धेरै अगाडि उनले फिल्ममा मुख्य अभिनेत्री भएर काम गरिसकेकी थिइन् । ८ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘यो साइनो मायाको’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । फिल्म न व्यावसायिक रुपमा सफल हुन सक्यो न रेश्माले अभिनयको प्रशंसा कमाइन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-27, मंगलवार

नेपाली र भारतीय भाषामा तयार भएको फिल्म ‘परस्त्री’ नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुने भएको छ । केही समयअघि फिल्मको टिमले हिन्दी भर्सनलाई पनि नेपालमा प्रदर्शन गर्ने योजना बनाएको थियो । तर, अब फिल्मको हिन्दी डब भर्सन नेपालमा नलगाइने भएको छ । नेपालमा नेपाली भाषा र भारतमा हिन्दी भाषामा फिल्म प्रदर्शन हुने निर्देशक सुरज पाण्डेले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2023-06-27, मंगलवार

यही असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’को टिमले दुई देशमै प्रचार-प्रसारलाई तीव्र बनाएको छ । यतिबेला फिल्मका निर्देशक सुरज पाण्डे, निर्मात्री शर्मिला पाण्डे, अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव विष्ट बलिउड नगरी मुम्बईमा छन् । यस फिल्मको ट्रेलरमा समावेश चुम्बन तथा बेडसिनको चर्चा नेपालसँगै भारतमा समेत भैरहेको छ ।

Results : 4117 - 4122 of 24031
Most Visited News (monthly)