Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4093 - 4098 of 24031
एजेन्सी, मुम्बई, 2023-07-04, मंगलवार

‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता यादगार फिल्मका निर्देशक करण जोहरले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा र रोमान्सलाई देखाइएको छ । रणवीर सिंह र आलिया भट्टबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित ट्रेलरले बलियो दृश्यभाषाको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-04, मंगलवार

चेक रिपब्लिकमा हुन लागेको ‘दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा सहभागी हुनका लागि अभिनेत्री मेनुका प्रधान मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । आफू अभिनीत फिल्म ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार उक्त फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएपछि उनी चेक रिपब्लिक उडेकी हुन् । मेनुका अन्तर्राष्ट्रिय फेस्टिभलमा पहिलो पटक सहभागी हुन लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-03, सोमवार

प्रल्हाद काफ्लेको निर्देशन रहेको फिल्म ‘अदृश्य’ आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एउटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति निश्चित गरिएको हो । पोस्टरमा फिल्मका तीन कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेत देखिएका छन् । पोस्टरमा प्रमोदको लुक्सले ध्यान खिच्छ । हेलमेट लगाएका उनी पेस्तोल ताकेको अवस्थामा चित्रित छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-03, सोमवार

गत बैशाख १ गते प्रदर्शनमा आएको प्रवेश पौडेलद्वारा निर्देशित फिल्म ‘बिहे पास’ले अपेक्षाकृत दर्शक पाउन सकेको थिएन । केही हदसम्म ‘जारी’को मारमा परेको थियो । एकपटक फेरि फिल्मलाई हलमा प्रदर्शन गरिने भएको छ । सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । यही मितिमा फिल्म ‘बगान’ पनि प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-03, सोमवार

स्व. पिता हेमबहादुर लामाले निर्देशन गरेको फिल्म ‘आदर्श नारी’बाट अभिनय करिअर सुरु गरेका विजय लामाले वर्षौंदेखि दुईवटा डुंगामा एकसाथ यात्रा गरिरहेका छन् । अभिनयलाई निरन्तरता दिँदै आएका उनी नेपाल एयरलाइन्सको विमान चालक समेत हुन् । उनी वर्षमा एक या दुईवटा फिल्ममा मात्र काम गर्छन् । उनी अभिनीत नयाँ फिल्म ‘अन्तिम संस्कार’ अहिले हलमा प्रदर्शनरत छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-03, सोमवार

९० को दशकमा लभस्टोरी फिल्ममा रुचाइएका अभिनेता रमेश उप्रेतीले अमेरिकाबाट फर्केपछि दुई फिल्ममा काम गरे । ‘ब्रासलेट’ उनको कमब्याक फिल्म थियो भने फिल्म ‘ऐश्वर्य’लाई आफैँले निर्माण गरेका थिए । ‘ऐश्वर्य’पछि भने उनले फिल्ममा काम गरेका छैनन् । ६ वर्षपछि उनी यस वर्ष दुई फिल्ममा काम गर्ने योजनामा छन् । असोज र माघमा उनको दुई फिल्मको छायांकन हुनेछ ।

Results : 4093 - 4098 of 24031
Most Visited News (monthly)