
यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । बुधबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा अभिनेता सरोज खनालले फिल्म एकल महिलाको कथामाथि आधारित भएर बनेकाले नेपालमा रहेका १५ लाख बढी एकल महिलाहरुलाई सित्तैमा फिल्म देखाउन लागिएको जानकारी गराए ।

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलर एकल महिलाको पुनर्विवाहको कथामा केन्द्रित छ । आमा (करिश्मा मानन्धर)को पुनर्विवाह गराउन छोरी (प्रमिला कार्की)ले गर्ने संघर्ष र त्यसमा परिवारले गर्ने अवरोधलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले भनिएको छ ।

२०७१ सालमा प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी (चरी)को जीवनीमा फिल्म बन्ने भएको छ । दिनेश नजिकका एक व्यक्ति (हालै जेलमुक्त भएका)ले अभिनेता कोशिश क्षेत्रीलाई फिल्मको प्रस्ताव राखेका छन् । कोशिशले आफूलाई फिल्मबाट प्रस्ताव आएको जानकारी दिँदै आगामी वर्षभित्रमा निर्माण हुनसक्ने बताए । उनलाई चरीको भूमिकाका लागि प्रस्ताव गरिएको हो ।

अभिनेत्री शिल्पा मास्केले फिल्मको सफलता अनुभव गर्न पाएकी छैनन् । हलिउड र बलिउड फिल्म हुँदै ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा भित्रिएकी उनले अभिनयमा राम्रो सम्भावना देखाए पनि फ्लप श्रृंखलाले छाँयाझैँ पछ्याइरहेको छ । उनको दोस्रो फिल्म ‘कागजपत्र’ पनि असफल भएको थियो । केमियो भूमिका गरेका फिल्म (कठपुतली र फूलबारी)ले समेत उनलाई राहत दिएनन् ।

चर्चित रक गायक तथा नेपाली फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता रोविन तामाङको निधन भएको छ । तामाङको फेसबुकबाट उनको निधनको जानकारी गराइएको हो । फेसबुकमा लेखिएको छ, ‘दुखद समाचार । रोविनको आज निधन भएको छ । हामी तपाईंहरुलाई जानकारी गराउँदै रहनेछौं ।’ बुढानिलकण्ठस्थित निजी निवासमा उनको निधन भएको हो ।

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गर्न लागेको फिल्मको नाम ‘उपहार’ राखिएको छ । मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो । ‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए ।

