Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4075 - 4080 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-07-07, शुक्रवार

निर्मात्री कृषा चौलागाईंले निर्देशनको सपना पूरा गरेको फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक भएको छ । फिल्मले राजनीतिक र प्रेमकथाको विषयलाई उठान गरेको टिजरले बुझाउँछ । माला लगाएका मुकुन भुषाललाई उचालेको दृश्यबाट सुरु भएको टिजर स्वस्तिमा खड्काले आफैँलाई अनुहारमा रंग दलेको दृश्यबाट अन्त्य छ । संवादरहित टिजरमा ब्याकग्राउन्ड म्यूजिक सशक्त छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-07, शुक्रवार

अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पिता सानु ताम्राकारले दागबत्ती दिएका छन् । उनका सारुक एउटै सन्तान थिए । अन्त्येष्टिभन्दा अघि सारुकको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन नयाँ तथा पुराना दर्जनौं कलाकारहरु पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-07-07, शुक्रवार

स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘कामिनो’ अब संकटमा देखिएको छ । फिल्ममा निश्चित भएका कलाकारहरु श्रृंखलाबद्ध रुपमा बाहिरिरहेका छन् । सबैभन्दा पहिला सौगात मल्लले छाडे । बलिउड अभिनेता अनुपम खेरको एक्टिङ स्कुलमा अभिनय सिक्नका लागि नीति शाहले पनि फिल्म छाडिसकेको अवस्था छ । अब राजबल्लभ कोइरालाले पनि फिल्मबाट हात झिकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-07, शुक्रवार

विश्वमै नाम चलेका सेलिब्रेटीहरुले आत्महत्याको बाटो रोजिरहेका छन् । यसले कलाकारहरुको मानसिक स्वास्थ्यलाई लिएर विश्वमै व्यापक बहस भैरहेको छ । नेपालमा भने सामान्य रुपमा लिइँदै आएको छ । बिहीबार नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार घरमै झुण्डिएको अवस्थामा भेटिएपछि फिल्म क्षेत्रमा कलाकारहरुको मानसिक स्वास्थ्यको बारेमा बहस सुरु हुन थालेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-07, शुक्रवार

 

एउटा मर्मस्पर्शी लाइन छ, ‘थाहा हुन्न कुन रात अनि कुन बात अन्तिम हुन्छ ।’ बिहीबार दिउँसोसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेका अभिनेता सारुक ताम्राकारको त्यही दिन अन्तिम हुन्छ भन्ने कसलाई थाहा थियो र ! बिहीबार साँझ उनी अनन्त यात्रामा निस्किएका छन् । उनी रातोपुलस्थित निजी निवासमा मृत अवस्थामा भेटिए । उनको निधनले फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

 

फिल्मीखबर, काठमाडौं, 2023-07-07, शुक्रवार

अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित निजी निवासमा मृत भेटिएका छन् । उनी बिहीबार साँझ घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । यतिबेला पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ३१ वर्षका उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर आएका थिए ।

Results : 4075 - 4080 of 24031
Most Visited News (monthly)