Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4039 - 4044 of 24031
एजेन्सी, मुम्बई, 2023-07-15, शनिवार

फेसन डिजाइनमा सफल करिअरपछि मनिष मल्होत्राले अब फिल्म निर्देशन गर्ने भएका छन् । ५०/६० को दशककी नामी बलिउड अभिनेत्री मीना कुमारीको जीवनीमा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई उनले निर्देशन गर्न लागेका हुन् । अभिनेत्री कृति सेसनले मीना कुमारीको भूमिकामा अभिनय गर्ने इन्डिया टाइम्समा उल्लेख छ । हाल फिल्मको स्क्रिप्ट लेखनको काम भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-15, शनिवार

शुक्रबारबाट प्रदर्शित अभिनेता सरोज खनालद्वारा निर्देशित पहिलो फिल्म ‘बगान’को ओपनिङ आक्रामक नभए पनि निराशाजनक पनि छैन । पहिलो दिन फिल्मले दर्शकको सुखद साथ पायो । विशेषगरि परिवारिक दर्शक फिल्म हेर्न हल पुगेका छन् । निर्माण टिमले एकल महिलालाई निःशुल्क फिल्म हेर्ने व्यवस्था मिलाएको छ । हलमा एकल महिलाहरु आफ्ना सन्तानसहित पुगेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-14, शुक्रवार

स्वर्गीय निर्देशक शिव रेग्मीद्वारा निर्देशित सुपरहिट फिल्म ‘हामी तीन भाई’ शीर्षकमा करिब दुई दशकपछि फेरि एकपटक फिल्म निर्माण हुने भएको छ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्मको शुक्रबार गोर्खाको मनकामना मन्दिरमा स्क्रिप्ट तथा क्ल्याप पूजा गर्दै मुहूर्त गरिएको छ । फिल्मको छायांकन आगामी साउन १० गतेबाट सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2023-07-14, शुक्रवार

नेपाली फिल्मको प्रिमियर खसी-बाख्राको गोठभन्दा पनि अव्यवस्थित हुन्छ । फिल्मको टिमका सदस्यले प्रिमियरको नाममा आफ्नो सातपुस्ते बलाउँछन् । र, ती सातपुस्तेले अरु सातपुस्ता लिएर पुग्छन् । अनि प्रिमियर कम, पारिवारिक शो बढी हुन्छ । प्रिमियरमा पुगेका फिल्मकर्मीहरु भने सिट अभावले हलको सिढीमा नै बस्न बाध्य हुन्छन् । कति प्रिमियरमा त सिढीमा बस्ने समेत ठाउँ हुँदैन ।

फिल्मीखबर, काठमाडौं, 2023-07-14, शुक्रवार

फिल्म ‘भगवत् गीता’ शीर्षकको अगाडि ‘एक’ शब्द थप्दै टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक १ मिनेट ३२ सेकेण्डको टिजरमा अभिनेता विपिन कार्कीको लुक्स र भूमिकाले ‘सरप्राइज’ बनाउन सक्छ । ट्रान्सजेन्डर महिलाको भूमिकामा उनी प्रस्तुत छन् । टिजरमा उनलाई कमलामाई अवतारमा चित्रण गरिएको छ । विपिनको चरित्र हिंसात्मक भावको देखिएको छ ।

Results : 4039 - 4044 of 24031
Most Visited News (monthly)