
दिउँसभरि फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर फर्किएका अभिनेता सारुक ताम्राकार सोही साँझ घरमै मृत अवस्थामा भेटिएका थिए । उनको पोष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ । उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । तर, उनले जीवन र करिअरको उर्बर समयमा आत्महत्याको बाटो रोज्न किन बाध्य भए भन्ने बारेमा फिल्म क्षेत्रमा चासो उब्जिएको छ ।

अभिनेता सरोज खनालको पहिलो निर्देशित फिल्म ‘बगान’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । एकल महिलाको पुनर्विवाहको कथालाई उठान गरेको फिल्मले बुधबार साँझ काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गर्यो। फिल्म हेर्ने अधिकांशले केही दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिएका छन् । खनालको निर्देशकीय कौशलको पनि प्रशंसा भयो ।

२०७७ साल साउन ९ गते अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए । अदालतमा मुद्धा परेको करिब तीन वर्षपछि बुधबार भएको सुनुवाइमा भुवनले मुद्धा हारेका छन् । न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

साउथ सुपरस्टार थलापति विजयले राजनीतिमा प्रवेश गर्न लागेको चर्चा सुरु भएको छ । हालै उनले आफ्नो नाममा खुलेको विजय मक्कल इयक्कम पार्टीका सदस्यहरुसँग भेटघाट गरेपछि उनको राजनीति प्रवेशको चर्चा चलेको हो । सोमवार फिल्म ‘लियो’को छायांकनपछि उनले पार्टीका सदस्यहरुसँग भेटेका थिए । राजनीति प्रवेशभन्दा अघि उनले तमिलनाडुको पदयात्रा गर्न सक्नेछन् ।

नेपालका मल्टीप्लेक्सहरुले निरन्तर रुपमा विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखाको व्यवहार गर्दै आएका छन् । एकै मितिमा विदेशी र नेपाली फिल्म प्रदर्शनमा आए भने नेपाली फिल्मले झारो टार्ने मात्र शोज पाउँछ । यसपटक पनि त्यस्तै देखिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बगान’ हलिउड फिल्म ‘मिसन इम्पोसिबल ७’को चेपुवामा परेको छ ।

नेपालमा हिट फिल्मको सिक्वेल र सिरिज निर्माणमा होडबाजी चलिरहेको समयमा एक दशकभन्दा अघिको सुपरहिट फिल्म ‘पापी मान्छे’को तेस्रो श्रृंखला पनि निर्माण गरिने भएको छ । यसका अघिल्ला दुई श्रृंखला बक्सअफिसमा सफल भएका थिए । अब नयाँ कथामा निर्माणको योजनासहित बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चिम्पान्जीलाई चित्रण गरिएको छ ।

