Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4021 - 4026 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-07-19, बुधवार

फिल्मको सफलताका लागि लामो समय भौतारिएकी अभिनेत्री हुन्, मिरुना मगर । केही नाटकमा काम गरेको अनुभवपछि फिल्म ‘लालपूर्जा’बाट डेब्यू गरेकी उनलाई चौंथो फिल्म (रोज, साइनो र चच हुई)सम्म आइपुग्दा असफलताले छाडेको थिएन । ‘पखाईको फल मीठो हुन्छ’ भनेझैं मिरुनाका लागि पाँचौं फिल्म ‘कबड्डी ४’ सञ्जीवनी बुटी बन्यो । यसपछि त करिअर फर्केर हेर्नुपरेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-07-19, बुधवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बगान’मा अभिनेत्री करिश्मा मानन्धर अभिनयको हिसाबले मात्र संलग्न छैनन्, निर्माणमा पनि संलग्नता छ । उनका श्रीमान् विनोद मानन्धर फिल्मका कार्यकारी निर्माता हुन् । यसैले उनी प्रदर्शनपूर्व प्रचारदेखि अहिले हल भिजिटमा सक्रिय छिन् । घरभित्रको लगानी र अभिनयमा वर्षौंपछिको कमब्याक भएकाले उनलाई फिल्म सफलताको दबाब छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-19, बुधवार

गत शुक्रबारबाट प्रदर्शनरत सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’ले अपेक्षाकृत कमाई गर्न नसकिरहेको भएपनि दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । यसैबीच, मंगलबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित कलाकार, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले फिल्म हेरेर कथावस्तुदेखि कलाकारको अभिनय पक्षसम्मको प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, 2023-07-18, मंगलवार

अभिनेत्री करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘बगान’ पाँचदिनदेखि हलमा प्रदर्शनरत छ । फिल्म प्रदर्शनको संघारमा करिश्माले फेसबुकमा स्टाटस लेख्दै काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई फिल्मको प्रदर्शनमा सहयोग गर्न आग्रह गरेकी थिइन् । तर, फेसबुकमा लेखेको स्टाटस हटाउने बानी परेकी उनले बालेनका लागि लेखेको स्टाटस पनि २४ घण्टा नवित्दै हटाएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-18, मंगलवार

नेपालमा पुनः प्रदर्शनमा आएका फिल्मले घरेलू बजारमा सुखद कमाई गरेको रेकर्ड छैन । तर पनि केही निर्माताले पहिलो चरणको प्रदर्शनमा लगानी उठाउन नसकेपछि फिल्मलाई पुनः प्रदर्शन गर्ने गरेका छन् । यस वर्षका लागि पहिलो रि-रिलिज फिल्म ‘बिहे पास’ बनेको छ । असार २९ गते फिल्म पुनः प्रदर्शन भएको थियो । तर, फिल्मको दोस्रो चरणको प्रदर्शन सुखद देखिएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-07-18, मंगलवार

करिब ५ वर्षपछि निर्देशनमा फर्किन लागेका मुस्कान ढकालले आफ्नो नयाँ फिल्म ‘पञ्चामृत’मा कलाकारहरुको लाइनअप बलियो बनाएका छन् । फिल्ममा सौगात मल्ल, निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भैसकेको अवस्थामा थप दुईजना चर्चित कलाकारको प्रवेश भएको छ । फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री आँचल शर्मा अनुबन्ध भएका हुन् ।

Results : 4021 - 4026 of 24031
Most Visited News (monthly)