
अभिनेता सारुक ताम्राकारको आत्महत्याको बारेमा कयौं प्रश्नहरु उठिरहेका छन् । उनले निधनअघिसम्म अभिनय गरिरहेको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङले शनिबार एक अन्तर्वार्तामा केही महत्त्वपूर्ण खुलासा गरेपछि सारुकको निधनबारे गम्भीर छानबिनको माग गर्न फिल्मकर्मीबाट आवाज उठिरहेको छ । जसले गर्दा प्रहरीलाई अनुसन्धानका लागि दबाब बढेको छ ।

असार २१ गते काठमाडौं रातोपुलस्थित निजी निवासमा झुण्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको निधनबारे गहिरो छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न चलचित्र कलाकार संघले सम्बन्धित निकायसँग माग गरेको छ । आइतबार संघको कार्यसमिति बैठकपश्चात् अध्यक्ष मोहन निरौलाले जारी गरेको विज्ञप्तिमा कोही दोषी देखिए कारबाही समेत गर्न माग गरिएको छ ।

चार महिला पात्रको प्रेमकथामा आधारित रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार वितरक कम्पनी डिसिएनसँग सम्झौतापछि निर्माण टिमले आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा अभिनेता आकाश श्रेष्ठ अभिनीत फिल्म ‘हिँड्दा हिँड्दै’ र अभिनेता गौरव पहारी स्टारर फिल्म ‘नम्बरी सुन’ पनि सार्वजनिक प्रदर्शनको तयारीमा छ ।

अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’पछि नयाँ फिल्ममा काम गरेका छैनन् । फिल्म सम्झौता भने आधा दर्जन नै गरे । यस वर्ष उनी एउटा होम प्रोडक्सन र अर्को बाहिरी ब्यानरको फिल्ममा अभिनय गर्ने योजनामा छन् । आगामी भदौ २० गतेदेखि उनले सुयोग गुरुङको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’मा काम गर्ने जनाइएको छ ।

असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणले ठूलो हलचल ल्याउने देखिएको छ । केही दिनदेखि कलाकारहरुले उनको न्यायका लागि आवाज उठाइरहेका छन् भने शनिबार सारुकले निधनअघि अभिनय गरिरहेको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजिव गुरुङले केही कुरा खुलासा गरेपछि एकखालको खैलाबैला मच्चिएको छ ।

असार २१ गते रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको बारेमा कलाकारहरुबाट उचित छानबिनको माग उठिरहेको छ । उनले आत्महत्या गरेको भए पनि त्यसपछाडिको कारण सामान्य नभएको कतिपयको बुझाई छ । प्रहरीले सारुकको मोबाइल फरेन्सी ल्याब पठाएर अनुसन्धान गरिरहेको छ । उनको परिवारबाट भने प्रहरीमा जाहेरी परेको छैन ।

