Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3991 - 3996 of 24031
एजेन्सी, मुम्बई, 2023-07-27, बिहिवार

सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को २२ वर्षपछि सिक्वेल निर्माण भएको छ । आगामी ११ अगस्टमा प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २ सेकेण्ड लम्बाईको टिजर इमोसनसँगै एक्सन प्याक्ड देखिन्छ । पहिलो श्रृंखला तारा सिंह र सकीनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरुको छोरामा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-26, बुधवार

‘बाहुबली’, ‘केजीफएफ’, ‘आरआरआर’, ‘पुष्पा’ जस्ता फिल्मपछि नेपालमा साउथ फिल्मको निकै बलियो पकड बनेको छ । यसैले नेपालका वितरकहरुबीच साउथका साना तथा ठूला फिल्मको प्रदर्शन अधिकार लिन प्रतिस्पर्धा नै चल्ने गरेको छ । यसबीच, पुराना वितरक सुनील मानन्धरले बलिउड फिल्म ‘उचाइँ’को सफलतापछि साउथ फिल्म ‘धूमम्’को नेपाल प्रदर्शन अधिकार लिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-26, बुधवार

नेपाली फिल्म ‘दी रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छानिएको छ । फिडेल देवकोटाको निर्देशनमा बनेको फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा 'ओरिजोन्टी' विधामा छनोट भएको हो । विदेशी टिमको संलग्नता बिना नै भेनिसमा छनोट हुने यो पहिलो नेपाली फिल्म हो । यसअघि भेनिस पुगेको ‘कालो पोथी’ र ‘सेतो सूर्य’ फिल्ममा निर्माता तथा छायांकार विदेशी थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-07-26, बुधवार

हलिउड र बलिउड हुँदै ‘कागजपत्र’बाट नेपाली फिल्ममा प्रवेश गरेकी अभिनेत्री शिल्पा मास्के अभिनयमा कुशल मानिन्छिन् । तर, फिल्मको असफलताले उनको करिअर सुखद बन्न दिएको छैन । यसबीच, उनले पहिलो पटक नाटकमा काम गरेकी छन् । उनी अभिनीत डेब्यू नाटक ‘ट्रान्जिट’ यतिबेला शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । र, शिल्पाले अभिनयको प्रशंसा बटुलिरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-25, मंगलवार

मोहन राईद्वारा निर्देशित फिल्म ‘महानगर’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मका मुख्य अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधानलाई प्रस्तुत गरेर एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्म करिब ५ वर्ष अगाडि निर्माण भएको हो । भदौ ८ गते अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘जय हो’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-25, मंगलवार

आगामी भदौ १ गतेबाट प्रदर्शनमा उत्रन लागेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेण्ड लम्बाईको टिजरमा चार महिलाको कथालाई प्रस्तुत गरिएको छ । फिल्म यौन मनोविज्ञानमा केन्द्रित रहेको टिजरले संकेत गर्छ । फिल्मले तीन घटनालाई चित्रण गरेको कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ ।

Results : 3991 - 3996 of 24031
Most Visited News (monthly)