Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3973 - 3978 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-07-31, सोमवार

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । आइतबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा अब बेनिशाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् । आगामी भदौबाट फिल्मको छायांकन सुरु हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-31, सोमवार

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित बनेका वरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह न्याय माग्दै रिले अनसनमा बसेका छन् । सहकारीमा २ करोड ६० लाख रुपैयाँ फसेपछि रकम फिर्ताको माग गर्दै उनीहरु सोमबार काठमाडौंको माइतीघर मण्डलमा अनशन बसेका हुन् । उनीहरु दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि १० घण्टे रिले अनशनमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-31, सोमवार

नेपाली फिल्मकी ‘डबिङ क्विन’को रुपमा चिनिन्छिन्, रिश्ता बस्नेत । ‘मारुनी’, ‘समर लभ’, ‘चपली हाइट २’ लगायत कयैन् फिल्ममा मुख्य र सहायक महिला कलाकारको डबिङ गरिसकेकी उनले अभिनयमा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छन् । उनले काम गरेका फिल्मको संख्या एक/डेढ दर्जनभन्दा बढी छ । तर, उनको डेब्यू फिल्म ‘होस्टेल’ मात्र व्यावसायिक रुपमा सफल मानिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-31, सोमवार

गएको एक वर्षमा व्यक्तिगत जीवनमा ठूलो उतार-चढावको सामना गरेकी अभिनेत्री वर्षा सिवाकोटीले २ वर्षको विश्रामपछि फिल्म ‘कामिनो’ साइन गरेकी थिइन् । उनले पहिलो पटक अभिनेता प्रदीप खड्कासँग काम गर्दै थिइन् । असारबाट छायांकनको तयारी गर्दै वर्कसप समेत भयो । तर, अब फिल्मको निर्माण नै अन्योल बनेको छ । एकपछि अर्को कलाकारले फिल्म छाडिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-31, सोमवार

एउटा चर्चित उखान छ, ‘साँढेको जुधाईमा बाच्छाको मिचाई ।’ यो उखान अभिनेता मुकुन भुषालको हकमा दुरुस्तै चरितार्थ भएको छ । निर्माताहरुको जुधाईमा उनी भने नराम्रोसँग मिचाईमा परेका छन् । आगामी भदौ १४ गते उनी अभिनीत दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुवै फिल्म फरक-फरक विषयमा बनेको भए पनि दुवै फिल्मको केन्द्रमा मुकुन छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-30, आईतवार

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी सुल्झिन सकेको छैन । उनको निधन लगत्तै परिवारले छानबिनका लागि दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धानलाई जारी राखेको भए पनि कुनै उपलब्धि देखिएको छैन । प्रहरीले अनुसन्धानलाई गम्भीर रुपमा अगाडि नबढाएको भन्दै आइतबार दिउँसो सारुककी आमा किटानी जाहेरी दिन प्रहरी कार्यालय टेकु पुगेकी थिइन् ।

Results : 3973 - 3978 of 24031
Most Visited News (monthly)