
गत बैशाखमा प्रदर्शित फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले नयाँ फिल्मको निर्देशन जिम्मेवारी पाएका छन् । उनले फिल्म ‘फनफनी’को निर्देशन गर्न लागेका हुन् । सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् फिल्मको घोषणा गरिएको हो । फिल्मको घोषणासँगै मुख्य भूमिकामा आर्यन अधिकारी अनुबन्ध भएका छन् ।

जुनसुकै क्षेत्रमा आफूले गरेको कामको प्रशंसाको रुपमा अवार्डलाई लिइन्छ । अवार्ड प्रतिष्ठाको विषय समेत हो । यसैले अवार्डका लागि संसारमै ठूलो रस्साकस्सी हुने गर्छ । कलाकारलाई त झन् अवार्डको बेग्लै महत्त्व छ । तर, बलिउड अभिनेता नसीरुद्दीन शाह भने अवार्डको कुनै महत्त्व देख्दैनन् । उनले आफूले पाएको अवार्डहरुलाई समेत फार्महाउसको ढोकाको ह्यान्डल बनाएका छन् ।

फिल्ममा ‘न्यूड’ सिन दिन सक्नु आफैंमा हिम्मतको कुरा हो । यस्ता सिनका लागि हम्मेसी कोही कलाकार तयार हुँदैनन् । किनकि, ‘न्यूड’ सिन स्वीकार्न नेपाली समाज अझै उदार भैसकेको छैन । त्यसमाथि यस्ता संवेदनशील दृश्यलाई कलात्मक रुपमा देखाउनु चुनौतीपूर्ण काम हो । हलिउड र बलिउडमा यस्ता दृश्यको प्रयोग हुँदै आएको भए पनि नेपाली फिल्ममा विस्तारै ‘प्राक्टिस’ हुँदैछ ।

साडी महिलाको पहिचान हो । भलाद्मी, शालीन र सौम्य पोशाकको रुपमा पनि साडीलाई लिइन्छ । साडीले महिलालाई ‘ग्ल्यामरस लुक’ दिन्छ । यसैले पछिल्लो पुस्ताका युवतीहरुमा साडी फेसनको रुपमा प्रख्यात हुन थालेको छ । अधिकांश नेपाली अभिनेत्रीहरु पनि साडी पारखी छन् । फिल्मसम्बन्धी सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्दा प्रायः अभिनेत्रीको पहिरन रोजाइमा साडी पर्छ ।

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘अगस्त्य : च्याप्टर वान’को छायांकन सुरु भएको छ । सोमबार भारतको गोखरपुर मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ६० दिनको सेड्युल राखिएको फिल्मको २५ दिनसम्म गोखरपुरमा नै छायांकन हुने निर्देशक चौधरीले बताए । त्यसपछि नेपालको नवलपरासी, भैरहवा र काठमाडौंमा छायांकन हुनेछ ।

सुपरहिट बलिउड फिल्म ‘मैने प्यार किया’की अभिनेत्री भाग्यश्रीले काठमाडौंका विभिन्न धार्मिक स्थलमा पुगेर पूजाआजा तथा दर्शन गरेकी छन् । शनिबार दिउँसो श्रीमान् हिमालय दसानीसँग एक अवार्ड कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौं आएकी उनले आइतबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरिन् भने त्यसपछि कालभैरव (भैरवस्थान) पुगेर दर्शन गरेकी थिइन् ।

