Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3979 - 3984 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-07-30, आईतवार

गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोटप्याडमा सुसाइड नोट भेटिएको छ । सारुकको मोबाइललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउँदा आएको रिपोर्टमा सुसाइड नोट भेटिएको प्रहरीले जानकारी गराएको छ । सुसाइड नोटमा सारुकले विवाद ननिकाल्न र कसैलाई दुःख नदिन प्रहरीसँग आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-30, आईतवार

गत असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । छोरा सारुकको निधनपछि उनी विक्षिप्त बनेका छन् । छोराको निधनको चिन्ताले उनी बिरामी परेका हुन् । उनलाई पहिल्यैदेखि ढाड दुख्ने समस्या भने थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-07-30, आईतवार

अभिनेता सलोन बस्नेतले ठूलो अपेक्षा राखेको फिल्म हो, ‘जय हो’ । यो फिल्म व्यावसायिक रुपमा सफल भएको खण्डमा उनलाई सहायक चरित्रमा सीमित हुनुपर्ने बाध्यता हट्नेछ । पिता शोभित बस्नेत प्रस्तुतकर्ता भएकाले उनलाई यो फिल्म सफल हुर्नैपर्ने दबाब पनि छ । यसैले उनी फिल्म रिलिजको एक महिना अगावैदेखि प्रचारमा उत्रिएका थिए । तर, शुक्रबार उनी अष्ट्रेलिया उडे ।

फिल्मीखबर, काठमाडौं, 2023-07-30, आईतवार

फिल्म ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ र ‘ए मेरो हजुर ३’को सफलतापछि अभिनेता अनमोल केसीको नाम र अनुहारले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा देखिएको थियो । यसैले उनलाई फिल्ममा लिन निर्माताहरुबीच प्रतिस्पर्धा नै चल्यो । ६०/७० लाखसम्म पारिश्रमिक दिन तयार भए । तर, अघिल्लो वर्ष फिल्म ‘छड्के २’ असफल भएपछि धेरै निर्माताको अनमोलप्रति भ्रम तोडिएको छ ।

एजेन्सी, मुम्बई, 2023-07-29, शनिवार

हलिउडको तीन ठूला फिल्म ‘मिशन इम्पोसिबल ७’, ‘ओपेनहाइमर’ र ‘बार्बी’को बक्सअफिसमा दबदबाबीच शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड निर्देशक करण जोहरद्वारा निर्देशित पारिवारिक-लभस्टोरी फिल्म ‘रकी र रानीकी प्रेम कहानी’लाई प्रक्षेपणभन्दा कम ओपनिङ मिलेको छ । १५ करोडमाथिको ओपनिङ प्रक्षेपण गरिएकोमा फिल्मले पहिलो दिन ११ करोड १० मात्र जोडेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-29, शनिवार

लभस्टोरी फिल्म निर्देशनमा सफल मानिएका सुदर्शन थापाले फिल्म ‘प्रेमगीत’को बेलादेखि अभिनेता अनमोल केसीसँग सहकार्यको प्रयास गरेका थिए । करिब ७ वर्षपछि उनीहरुबीच सहकार्य सम्भव भएको छ । ‘रावायण’ नाममा बन्न लागेको फिल्ममा सुदर्शनले अनमोललाई निर्देशन गर्ने भएका छन् । आगामी भदौदेखि छायांकन सुरु हुन लागेको फिल्मको निर्माण सुदर्शन आफैंले गर्नेछन् ।

Results : 3979 - 3984 of 24031
Most Visited News (monthly)