
कथा लेखनदेखि स्टारकास्टसम्मले फिल्मलाई हिट र फ्लप बनाउन ठूलो भूमिका खेल्छ । कुनै समय बलिउडमा स्टारलाई ध्यानमा राखेर कथा लेखिन्थ्यो । तर, ती स्टारले काम गर्न अस्वीकार गरेपछि निर्देशक/निर्माता अरु कलाकारलाई लिएर फिल्म बनाउन बाध्य हुन्थे । त्यस्ता धेरै फिल्म छन्, जुन पछि सुपरहिट भए । यसको एउटा उदाहरण अमिताभ बच्चन स्टारर फिल्म ‘जंजीर’ हो ।

करिब ५ वर्षपछि नेपाली फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा तय गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै उपत्यकाभित्रका तीनवटा हलमा सय दिन मनाएको हो । क्यूएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्यूब हलमा फिल्म सय दिनसम्म टिकेको छ । यसअघि २०७५ सालमा फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको थियो ।

‘मञ्जरी’ फेम्ड निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको फिल्म ‘जुलेबी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको थिमअनुसार गुलाबी ‘कलर टोन’मा तयार पारिएको पोस्टरमा फिल्ममा प्रमुख कलाकारहरु निशा अधिकारी, सुरक्षा पन्त, उषा रजक र सुशील सिटौला गम्भीर मुद्रामा चित्रित छन् । पोस्टरको पुच्छरमा एक जोडीको प्रेमभावलाई पनि प्रस्तुत गरिएको छ ।

फिल्ममा असफलतासँग जुधिरहेकी अभिनेत्री शिल्पा मास्केले नाटकमा डेब्यू गरेकी छन् । घिमिरे युवराजको निर्देशन तथा कुमार नगरकोटीको लेखन रहेको ‘ट्रान्जिट’ नामक नाटकमा उनी मुख्य भूमिकामा छिन् । साउन ५ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको नाटकको बिहीबार प्रिमियर आयोजना गरिएको थियो । जहाँ शिल्पाले अभिनयको प्रशंसा कमाइन् ।

नेपाली फिल्म क्षेत्रको ठूलो ब्रान्ड हो, ‘छक्का पञ्जा’ । यसले कमाईमा इतिहास रचेको छ । दर्शकको विश्वास कमाएको छ । यसैले त यसका हरेक श्रृंखला बक्स अफिसमा ब्लकबस्टर हुँदै आएका छन् । ‘छक्का पञ्जा’ सिरिजले कमाईमा बनाएको रेकर्ड तोड्न अरु नेपाली फिल्मलाई मुश्किल मानिएको थियो । तर, रेकर्ड तोड्नलाई नै बन्छ । र, ‘छक्का पञ्जा’को रेकर्ड ‘कबड्डी ४’ले तोड्यो ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर रहेको छ भने किरण माइकल घिमिरेको शब्द रचना तथा संगीत छ । यो गीतले फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेमभाव बोल्छ ।

