Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3985 - 3990 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-07-28, शुक्रवार

कुनै बेला फिल्मको असफलताले अभिनेत्री मिरुना मगरको करिअर संकटउन्मुख थियो । तर, ‘कबड्डी ४’ र ‘जारी’को व्यावसायिक सफलतापछि उनी अहिले ‘हाई डिमाण्ड’मा छिन् । ‘जारी’ रिलिज लगत्तै उनले फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकाइन् र ‘ऊनको स्विटर’ नामक नयाँ फिल्म सम्झौता गरिन् । उनले मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘अन्जिला’मा पनि काम गर्दैछिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-28, शुक्रवार

गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई केही हदसम्म फिल्म ‘बगान’ले चलायमान बनाएको छ । बक्स अफिसमा हलिउडका ठूला दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’को चुनौतीका बावजूद फिल्मले दुई हप्तामा एक करोड हराहारीमा व्यापार गरेको छ । चलचित्र विकास बोर्डको सिस्टममा मात्र फिल्मको ग्रस कलेक्सन ८३ लाख रुपैयाँ देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-28, शुक्रवार

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-28, शुक्रवार

फिल्म ‘पर्व’मा समावेश ‘काले दाई’ गीतमा अभिनेता निश्चल बस्नेतले नृत्य गरेका थिए । यो गीत हिट भएपछि उनलाई प्रायःले ‘काले दाई’को रुपमा सम्बोधन गर्ने गरेका छन् । गीतले भनेजस्तै उनको रुपरंग पनि कालो वर्णको छ । यसैले ‘काले दाई’ गीतमा उनी फिट देखिए । उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का भने निश्चिललाई काले केटाहरुको ब्रान्ड एम्बास्डरको संज्ञा दिन्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-07-28, शुक्रवार

विवाहपछि अभिनेत्रीको करिअर सुस्ताउँछ भन्ने मान्यतालाई गलत सावित गरेकी स्वस्तिमा खड्काले कमर्शियल र आर्ट हाउस दुवै धारका फिल्ममा उपस्थिति जनाएकी छन् । उनले व्यावसायिक सफलताको लोभमा कमर्शियल र अभिनय तथा चरित्रमा फरकपन पस्किन ‘आर्ट’ फिल्म रोज्ने गरेकी छन् । स्वस्तिमाको करिअरलाई सन्तुलित बनाइराख्न यी दुई धारका फिल्मको ठूलो भूमिका छ ।

फिल्मीखबर डटकम, काठमाडौँ, 2023-07-27, बिहिवार

भाद्र १४ गते रिलिज हुने नेपाली फिल्म ‘ऐँचो पैँचो’को गीत 'काले केटाले'  रिलिज गरिएको छ ।  बिहीबार यहाँ एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत रिलिज गरिएको हो । यसमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको छ भने अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

Results : 3985 - 3990 of 24031
Most Visited News (monthly)