

यही साउन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ । श्रृंखलाबद्ध हत्या र त्यसको अनुसन्धान गरिरहेको प्रहरीको वरिपरि ट्रेलर केन्द्रित छ । फिल्मले हत्या, हिंसा र बलात्कारको कथालाई उठान गरेको ट्रेलरले प्रष्ट्याउँछ । रोहित मानन्धर र रिस्ता बस्नेत प्रहरीको भूमिकामा छन् । प्रमोद अग्रहरीको चरित्र पनि प्रहरीसँग सम्बन्धित देखिन्छ ।

यम शेर्पाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘कार्साङ’बाट छिरिङ शेर्पाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । उनीसँग शेर्पा समुदायमा बनेका केही फिल्म तथा म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ । विश्वकै सर्वाधिक उचाइँ (कालापत्थर)मा नृत्य तथा कोरियोग्राफी गरेर गिनिज बुकमा नाम समेत लेखाइसकेकी शेर्पा ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता पनि हुन् ।

गत बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि नेपाली फिल्मको अवस्था नाजुक छ । आशातित फिल्मले समेत लगानीको एक तिहाई सुरक्षित गर्न सकेका छैनन् । अब भदौअघिसम्म फिल्म क्षेत्र कोमामा रहने विश्लेषण भैरहँदा अघिल्लो हप्तादेखि प्रदर्शनरत फिल्म ‘बगान’ले थोरबहुत आशा जगाएको छ । कमजोर ओपनिङ गरेको फिल्मले कछुवाको गतिमा व्यापार बढाउँदै लगेको छ ।

नेपाली फिल्म क्षेत्रमा दुई समुहको वर्चश्व छ । एउटा हो, दीपकराज गिरीको ‘छक्का पञ्जा’ समुह । र, अर्को हो, रामबाबु गुरुङको ‘कबड्डी’ समुह । यी दुई समुहले घरेलू बजारमा बलियो पकड बनाएका छन् । बक्स अफिसमा रेकर्डका पर्याय हुन् । दुवै समुहका फिल्मले फिल्म क्षेत्रलाई नै काँध थापेको अवस्था छ । दुई ठूला समुहबीच व्यापारिक प्रतिस्पर्धा रहेको पनि कसैबाट लुकेको छैन ।

नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ भनेजस्तै भएको छ, अभिनेता सरोज खनाल र अभिनेत्री मेघा पोखरेल (विमला)को भेट । त्यो पनि ३० वर्षपछि । मेघा शनिबार खनालद्वारा निर्देशित तथा अभिनीत फिल्म ‘बगान’ हेर्न सिभिल मलस्थित हलमा पुगेको बखतमा उनीहरुबीच जम्काभेट भएको हो । उनीहरुले फिल्म ‘सान्नानी’मा एकसाथ अभिनय गरेका थिए ।

