
फिल्म‘रङ्गेली ग्याङस्टर’ले बलियो लाइनअप बनाएको छ । हालै मात्र यो फिल्ममा अभिनेताद्वय दयाहाङ राई र प्रविण खतिवडाले अभिनयको सम्झौता गरेका छन् । फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि कार्यकारी निर्माता जितेन्द्र खतिवडाले गरे ।


अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्तले तेस्रो पटक फिल्ममा एकसाथ काम गर्ने भएका छन् । ‘भैरे’ र ‘के घर के डेरा’पछि फिल्म ‘कार्साङ’मा उनीहरुको जोडी बाँधिन लागेको हो । यसै हप्ता निर्माण टिमले फिल्मको मुख्य भूमिकामा सुरक्षालाई अनुबन्ध गरेको हो । दयाहाङसँग भने गत जेठ दोस्रो साता सम्झौता गरिएको थियो । आगामी तिहारपछि फिल्मको छायांकन सुरु गरिँदैछ ।

कमै अभिनेत्रीलाई डेब्यू फिल्मबाटै सफलताको उत्कर्षमा पुग्ने मौका मिल्छ । यसमानेमा भाग्यमानी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । पहिलो फिल्म ‘ड्रिम्स’ले नै उनलाई युवापुस्तामा जबर्जस्त लोकप्रियता दिलायो । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको स्टारडम थप मजबूत बन्यो । यतिसम्मकी उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुन थालिसकेको थियो ।

बलिउड निर्माता फिरोज नाडियाडवालाको तीन ठूला फ्रेन्चाइज ‘हेरा फेरी’, ‘वेलकम’ र ‘आवारा पागल दीवाना’मा अभिनेता अक्षय कुमार एकपटक फेरि देखिँदैछन् । यसमध्ये सबैभन्दा पहिला उनले फिल्म ‘वेलकम ३’मा काम गर्नेछन् । फिल्ममा उनीसँगै परेश रावल, सञ्जय दत्त र अरशद वारसीको प्रवेश भैसकेको छ । यसबीच, यो फिल्ममा अभिनेता बबी देओलको पनि इन्ट्री भएको छ ।


