
स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘कामिनो’ निर्माण नहुँदै संकटमा परेको छ । निर्धारित समयमा छायांकन नहुँदा एकपछि अर्को कलाकारले फिल्म छाडिरहेका छन् । सौगात मल्ल, राजबल्लभ कोइराला र नीति शाहपछि वर्षा सिवाकोटीले पनि फिल्म छाडेकी छन् । उनी स्वयंले यसको पुष्टि गरिन् । उनले बिहीबार निर्माण टिमलाई अब काम गर्न नभ्याउने जानकारी गराएकी हुन् ।

हलिउडका दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ले नेपालमा उत्साहप्रद व्यापार गरिरहेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’को व्यापार पनि सुखद छ । जसले गर्दा नेपाली बक्सअफिसमा विदेशी फिल्मको एकछत्र दबदबा देखिएको छ । यसबीच, शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको छ ।


सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य : भाग एक’को छायांकन सकिसकेको छैन । पहिलो चरणको छायांकन (४५ प्रतिशत) सकेर निर्माण टिमले केही हप्ताको विश्राम लिएको छ । आगामी भदौबाट दोस्रो चरणको बाँकी छायांकन सुरु हुन लागेको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।

एउटा उखान छ, ‘घुमिफिरी रुम्जाटार ।’ यही भएको छ नीति शाहको हकमा । अभिनेता अनमोल केसीको जोडी बन्ने गरी गत वर्ष उनले फिल्म ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर पछि अनमोलले फिल्म छाडे । जसले गर्दा उनीहरुबीच सहकार्य हुन सकेन । तर, नीतिको भाग्यमा अनमोलकै फिल्मबाट डेब्यू गर्न लेखेको रहेछ । अब फिल्म ‘रावायण’मा यी दुईको जोडी बाँधिने भएको छ ।

नेपाली फिल्ममा चार दशक विताइसकेका सुपरस्टार राजेश हमाल विगतमा झैं वर्तमान अवस्थामा अभिनयमा उत्ति सक्रिय छैनन् । तर, उनी अभिनयबाट टाढा पनि छैन । उनले ६ वर्षपछि फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । अब उनी राजनीतिमा आउने चर्चा चलिरहेको छ । विभिन्न नयाँ तथा पुराना राजनीतिक दलबाट उनलाई चुनाव लड्न बारम्बार प्रस्ताव पुगिरहेको हुन्छ ।

