Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3955 - 3960 of 23517
फिल्मीखबर, काठमाडौं, २०७९ चैत्र २१, मंगलवार

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’को नयाँ गीत सार्वजनिक गरिएको छ । तेस्रो गीतको रुपमा मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको डान्सिङ गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर छ भने बसन्त सापकोटाले संगीत दिएका छन् । गीतमा बसन्तकै शब्द छ । उनी ‘नाईं नभन्नू ल’ सिरिजमा नछुट्ने संगीतकार हुन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ चैत्र २१, मंगलवार

२०७९ सालले विदा माग्न अब ९ दिन बाँकी छ । कोरोना महामारीले करिब २ वर्ष थला परेको नेपाली फिल्म क्षेत्रका लागि यो वर्ष सुखद नै रह्यो । कोभिडअघिको समयभन्दा यस वर्ष तुलनात्मक रुपमा सफल हुने फिल्म धेरै छन् । तथापि, अवस्था उत्साहजनक भने छैन । किनभने, लगानी उठाउने फिल्मभन्दा पोस्टर छपाईको पैसा समेत नउठाउने फिल्मको संख्या यस वर्ष पनि उच्च छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ चैत्र २१, मंगलवार

निर्माता सुभाष थापाले आर्थिक पाटो मिलाउन नसक्दा विवादमा तानिएको फिल्म ‘प्रसाद २’को चैत २४ गतेको प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । फिल्मका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै अदालतमा रिट हालेका थिए । अदालतले यही २६ गते थप सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ चैत्र २१, मंगलवार

पछिल्लो समय नेपाली फिल्मको छायांकनका लागि पहिलो रोजाइमा परिरहेको मुस्ताङमा यतिबेला निर्देशक उदय सुब्बाले फिल्म ‘दुई कदम’को छायांकन गरिरहेका छन् । गएको चैत्र १६ गतेबाट छायांकन सुरु भएको फिल्मको मुस्ताङमा फिल्मका प्रमुख दुई कलाकार इओन लिम्बु र सिमोन गिरीबीचको प्रेमिल दृश्य खिच्ने काम भइरहेको छ । मुस्ताङमा अझै केही दिन छायांकन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०७९ चैत्र २०, सोमवार

यही चैत २४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘बहाव यी मनका’ बोलको शीर्ष गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द रचना, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । गीतले फिल्मका प्रमुख पात्रहरुको भावनालाई व्यक्त गरेको छ । गीतमा शब्द रचना शक्तिशाली छ । स्वर र संगीत पक्ष पनि उम्दा छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ चैत्र २०, सोमवार

यही चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध प्रहरीमा बैंकिङ कसूर तथा ठगीको उजुरी, सेन्सर बोर्डमा फिल्मको सेन्सर रोक्न निवेदन, चलचित्र विकास बोर्डसहित विभिन्न फिल्म सम्बद्ध संघ-संस्थामा पैसा नपाएको भन्दै प्राविधिकदेखि कास्कीको होमस्टेसम्मले उजुरी हालेका थिए । जसले गर्दा फिल्मको प्रदर्शन अन्योल बनेको थियो ।

Results : 3955 - 3960 of 23517