Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3949 - 3954 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-08-08, मंगलवार

आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको राजु गिरीद्वारा निर्देशित फिल्म ‘नम्बरी सुन’ ५ महिना पछाडि धकेलिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १९ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति ‘लक’ गरिएको छ । फिल्मको टिजर र एक गीत सार्वजनिक भैसकेको छ । भदौ १ मा अरु दुईवटा फिल्म रिलिज हुने भएपछि ‘नम्बरी सुन’ पोस्टपोन्ड भएको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-08, मंगलवार

हिमाल आरोहणमा रुचि भएकी अभिनेत्री दीया पुनले अफ्रिका महादेशकै सबैभन्दा अग्लो हिमाल किलिमन्जारो चढ्ने भएकी छन् । त्यसका लागि उनी अफ्रिका पुगेर किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् । उनी यही साउन २७ गते उक्त हिमाल चढ्ने योजनामा छिन् । तान्जानियामा अवस्थित हिमाल समुन्द्री सतहबाट ५ हजार ८९५ मिटर अर्थात् १९ हजार ३४१ फिटमा रहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-08, मंगलवार

अभिनेत्री रेखा थापाले करिब ५ वर्षपछि अभिनय र निर्माणमा कमब्याक गर्न लागेको फिल्म ‘उपहार’ आगामी भदौबाट छायांकनमा जाँदैछ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्कीको अभिनय रहनेछ । तर, फिल्म छायांकनमा नजाँदै विवादमा तानिएको छ । फिल्मको टिमलाई सृजनात्मक दुरुपयोगको आरोप लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-07, सोमवार

यतिबेला करिअरको उचाइँमा छन्, दयाहाङ राई । अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’को सफलताले उनलाई नेपाली फिल्मकै सबैभन्दा ठूलो स्टारको रुपमा उभ्याएको छ । र, उनको नाम र अनुहारले नै फिल्म बिक्छ भन्ने विश्वास मेकरहरुमा देखिएको छ । यसैले अहिले उनलाई फिल्म अफरको बाढी नै छ । उनले पनि हप्ता-हप्तामै नयाँ फिल्म सम्झौता गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-07, सोमवार

अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बनेकी छन् । दुई वर्षअघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनलाई दोस्रो सन्तान पनि छोरी नै भएको छ । उनले दुई छोरीको तस्विर सामाजिक सञ्जालमा सेअर गर्दै खुसी साटेकी छन् । गरिमाले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी प्राप्त छ । पहिलो छोरी पनि उनले बेल्जियममा नै जन्म दिएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-07, सोमवार

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीमा केन्द्रित छ । उनीहरुको प्रेममा आउने उतार-चढाव र रोकावटलाई ट्रेलरमा देखाइएको छ ।

Results : 3949 - 3954 of 24031
Most Visited News (monthly)