Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3937 - 3942 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-08-11, शुक्रवार

कुनै बेला ‘नम्बर वान नायक’को पोजिसनमा लामो समय टिकेका आर्यन सिग्देल यतिबेला एउटा हिट फिल्मका लागि भौँतारिरहेका छन् । विगत ५/६ वर्षयता उनले हिट फिल्म देख्न पाएका छैनन् । करिअरको उत्कर्षमा रहँदा गुणस्तरीयभन्दा गुणात्मक फिल्ममा जोड दिनुको परिणाम अहिले उनले भोग्नुपर्ने विश्लेषण हुने गरेको छ । यद्यपि, उनीप्रति मेकरहरुको आकर्षण खासै घटेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-08-11, शुक्रवार

सुपरस्टार दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल-२०२३’मा छनोट भएर विश्व प्रिमियर हुने भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘सेन्टर पिस’ सेक्सनमा छानिएको हो । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा सहभागी हुने जनाइएको छ । यसअघि त्यस फेस्टिभलमा फिल्म ‘सेतो सूर्य’ छनोट भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-10, बिहिवार

गणेशदेव पाण्डेद्वारा निर्देशित फिल्म ‘जुलेबी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आज मन भारी मगन’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द रचना तथा संगीत छ । गीतमा फिल्मका पात्रहरुको मनोभाव र परिस्थितिलाई देखाइएको छ । फिल्मले उठाएको कथा गीतले अभिव्यक्त गरेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-10, बिहिवार

यतिबेला दुई अभिनेता दयाहाङ राई र विपिन कार्कीबीच नयाँ फिल्म सम्झौता गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको देखिन्छ । दुवैको पाइपलाइनमा फिल्मको कमी छैन । तर, फिल्मको अफर ओइरिँदा उनीहरुले कहिले हप्ता त कहिले महिना दिनको अन्तरमा नयाँ फिल्म सम्झौता गरिरहेका छन् । जुनसुकै चरित्रमा ढाल्न सक्ने खुबी भएकाले पनि यी दुई स्टार मेकरको रोजाईमा परिरहेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-10, बिहिवार

रंगमञ्च र फिल्ममा गर्विलो नाम बनाएका कलाकार माओत्से गुरुङले पोखरामै बसेर अभिनयलाई निरन्तरता दिँदै आइरहेका छन् । हरेक फिल्ममा अभिनयको प्रशंसा बटुल्दै आएका उनले मुख्य भूमिकामा काम गरेको नयाँ फिल्म ‘जय हो’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले दोर्जेको क्यारेक्टर निभाएका छन् । उनलाई यो क्यारेक्टर आफ्नो चरित्रसँग मिलेको लाग्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-09, बुधवार
Results : 3937 - 3942 of 24031
Most Visited News (monthly)