
कलाकारको निजी जीवन हुँदैन भनिन्छ । सार्वजनिक व्यक्ति भएकाले हरेक कुरा सार्वजनिक हुन्छन् । अभिनेत्री वर्षा सिवाकोटीको पनि गत वर्ष विवाहको केही महिनामै डिभोर्सको खबर बाहिरियो, जुन अप्रत्यासित थियो । यसपछि उनी लामो समय सार्वजनिक कार्यक्रम र मिडियाबाट टाढा रहिन् । फिल्मको प्रचारमा समेत हिँड्न चाहिनन् । सायद डिभोर्सबारे आउनसक्ने प्रश्नको भय थियो ।

बलिउड फिल्मदेखि डराउनुपर्ने नेपाली फिल्मको बाध्यता दशकौंदेखि कायम छ । केही वर्षयता त साउथ फिल्मले पनि नराम्रोसँग लखेट्न थालेको छ । अर्कोतिर, हलिउडको त्रास त छँदैछ । ठूला स्टारका विदेशी फिल्मसँग भिड्दा हल र दर्शक दुवै नपाइने भय निर्मातामा हुने गरेको छ । यसैले निर्माताहरु ‘हुलमुलमा जिउ जोगाउनु’ निको ठान्छन् । तर, केही वर्षयता परिस्थिति बदलिँदो छ ।


‘रोमान्टिक हिरो’को छवि बनाएका भुवन केसीको निजी जीवनमा पनि रोमान्सका किस्सा धेरै छन् । फिल्म अभिनयमा सक्रिय रहँदा उनको धेरै अभिनेत्रीहरुसँग नाम जोडियो । दुईवटा त उनले विवाह नै गरे । तर, दुवै टिकेन । विगत केही वर्षदेखि उनी अभिनेत्री जीया केसीसँग लिभिङ टूगेदरमा छन् । कानुनी रुपमा श्रीमान्-श्रीमती नभइसके पनि दुवै एकअर्काको बलियो साहरा बनेका छन् ।

फिल्म रिलिजका लागि दशैंको विदा सबैभन्दा उपयुक्त मानिन्छ । झण्डै एक हप्ता लामो विदा र फेस्टिभलको रमझम हुने भएकाले धेरैको रोजाईमा फिल्म पर्छ । यसैले हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच ठूलो रस्साकस्सी हुने गरेको छ । यस वर्षको दशैंमा पनि फिल्म रिलिजको बाढी आउनेवाला छ । एकै मितिमा तीनवटा नेपाली फिल्म भिड्ने निश्चित भएका छन् ।

दशैंको एक हप्ता लामो विदा छोप्न आगामी कात्तिक ४ गते अर्थात् फूलपाती (शनिबार)बाट नेपालसँगै संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले घरेलू बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । ब्रान्ड नाम, पोस्टरदेखि टिजर-गीतसंगीतले पाएको चर्चा, सशक्त स्टारकास्टका कारण फिल्मलाई लिएर दर्शकहरु अधैर्य देखिएका छन् ।

