Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3931 - 3936 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-08-13, आईतवार

अभिनेता सलोन बस्नेतले बाल कलाकारको रुपमा फिल्ममा अभिनय गर्दा अभिनेत्री केकी अधिकारी बाल्यकालकै अवस्थामा थिइन् । त्यसबेलाका सुपरस्टारहरुसँग सलोनले काम गरेका फिल्म उनले प्रायः हेरेकी छन् । उनको ‘चाइल्ड स्टार’ थिए, सलोन । उनलाई सलोनले बाल्यकालमा खेलेका फिल्महरु मात्र होइन, अभिनेता राजेश हमालसँग अन्तर्वार्ता दिँदाको अभिव्यक्ति समेत कन्ठस्थ छ ।

एजेन्सी, मुम्बई, 2023-08-12, शनिवार

अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेल स्टारर फिल्म ‘गदर २’लाई यस वर्षको दोस्रो ठूलो ओपनिङ मिलेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ४० करोड १० लाखको ओपनिङ गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । यस वर्ष सबैभन्दा ठूलो ओपनिङ अभिनेता साहरुख खानको ‘पठान’लाई मिलेको थियो, जसको पहिलो दिनको कमाई नै ५७ करोड थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-12, शनिवार

२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘बोबी’ले कविता गुरुङलाई सेलिब्रेटी बनायो । उनकै प्रेमकथामा आधारित भएर फिल्म बनेको थियो । फिल्ममा उनकै श्रीमान् उमेश थापा हिरो थिए । घरेलू बक्स अफिसमा सुखद प्रदर्शन गरेको फिल्ममा कविता र उमेशले अभिनयमा राम्रो सम्भावना देखाएका थिए । यसपछि ‘बोबी २’ निर्माणको घोषणा गरियो । तर, अहिलेसम्म यो फिल्म बनेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-08-11, शुक्रवार

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’मा अभिनेता अनमोल केसी र मिस नेपाल पृष्ठभूमिकी नीति शाहपछि थप दुई कलाकार जोडिएका छन् । शुक्रबार निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग सम्झौता गरेको छ । निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई फिल्ममा स्वागत गर्दै फेसबुकमा तस्विर सेअर गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-11, शुक्रवार

सुपरहिट फिल्म ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को पहिलो रोमान्टिक भावको गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बर’ बोलको गीतमा किरण गजमेरको स्वर, राजेश अचार्यलको शब्द रचना र एसडी योगीको संगीत रहेको छ । गीतको गायकी शैली र संगीतले ६०/७० दशकतिरको आभाष गराउँछ । भिडियोको कन्सेप्ट पनि आकर्षक छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-11, शुक्रवार

यस वर्षको बैशाख १ गते प्रदर्शित फिल्म ‘जारी’ले घरेलू बक्स अफिसमा अप्रत्यासित अंक जोड्यो । यो फिल्मले १७ करोडमाथिको कमाई गरेको छ । यसपछि धेरै आशातित फिल्म प्रदर्शनमा आए । तर, कुनैले एक करोडको आँकडा समेत छुन सकेनन् । गत असार २९ गते प्रदर्शन भएको फिल्म ‘बगान’ले भने ‘जारी’पछिकै उच्च कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ ।

Results : 3931 - 3936 of 24031
Most Visited News (monthly)