
नेपालमा प्रायः फिल्मको स्क्रिप्ट छायांकन नसकिँदासम्म सामान्य हेरफेर भैरहन्छ । कहिले निर्देशक र निर्माताको इच्छाले त कहिले कलाकारको दबाबले । स्क्रिप्टमा हेरफेर हुँदा कलाकारको रोल थपघट हुने भैहाल्यो । कसैको बढ्छ त कसैको खुम्चिन्छ । पोष्ट प्रोडक्सनमा पनि कैंची चल्ने हुँदा कलाकारले जुन रोलका लागि सम्झौता गरेका हुन्छन्, पर्दासम्म आइपुग्दा त्यो केमियो बन्न पुग्छ ।

अहिले राजनीतिक विषयवस्तुमा आधारित भएर फिल्म निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलर राजनीतिलाई नै मियो बनाएर घुमेको छ । चुनावमा हुने रस्साकस्सी र युवाको राजनीतिमा उपस्थितिलाई चित्रण गरिएको छ ।


नेपाली फिल्म अवार्डको महत्त्व र गरिमा स्खलित हुँदै गइरहेको छ । विगतमा अवार्ड लिने र दिने दुवैको गर्वले ढक्क छाती फुल्थ्यो । अहिले अवार्ड पाउँदा देखाउन र भन्न लाज हुने स्थिति आएको छ । न अवार्ड पाउनेलाई पाउनुको कारण थाहा हुन्छ न दिनेलाई दिनुको कारण । सिर्फ बाँड्नका लागि अवार्ड कार्यक्रम आयोजना भैरहेका छन् । तर पनि न अवार्ड थाप्ने घटेका छन् न त बाँड्ने ।

‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि निर्देशक रामबाबु गुरुङ नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले सोमबार आफ्नो निर्देशन रहने फिल्म ‘डिग्री माइला : म थर्ड क्लास’को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका छन् । साथै, आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्मको निर्माण हुनेछ ।

अभिनेत्री दीया पुनले सफलतापूर्वक अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेकी छन् । आइतबार बिहान ठीक साढे ७ बजे उनी हिमालको चुचुरोमा पुगेकी हुन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेपछि उनले नेपालको झण्डा फहराएकी थिइन् । उनले आफ्नो अर्को सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।

