Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3823 - 3828 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २३, शनिवार

शिक्षकलाई समाजको आदर्श व्यक्ति मानिन्छ । उनीहरुलाई हरेक कुराको ज्ञान हुनुपर्छ भन्ने मान्यता छ । कलाकार महेश त्रिपाठी पनि शिक्षक हुन्, अभिनयका । लामो समयदेखि उनले फिल्म कलेजमा अभिनयको विभिन्न आयामबारे पढाउँदै/सिकाउँदै आएका छन् । अभिनयकै शिक्षक भएकाले उनलाई अभिनयमा कमजोर हुन छुट छैन भनिन्छ । तर, यो बुझाइप्रति सहमत छैनन्, महेश ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २२, शुक्रवार

अभिनेत्री तथा मोडल सुमी मोक्तान विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा उनले प्रेमी विवेक रावलसँग विवाह गरेकी हुन् । उनीहरुको अन्तरजातीय विवाह भएको हो । विवेक हिन्दू धर्मालम्बी हुन् भने सुमी बुद्धिस्ट हुन् । विवाह पनि उनीहरुले दुवै धर्मको परम्पराअनुसार गरेका हुन् । बिहेअघि यो जोडी करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २२, शुक्रवार

फिल्मका दर्शकका लागि प्रमिला खनाल नयाँ नाम हुनसक्छ । उनले केही फिल्महरुमा अभिनय गरेको भएपनि कमैले ‘नोटिस’ गरे । तर, नाटकमा उनले अभिनयको जादू छरिसकेकी छन् । फिल्ममा भने उनले अभिनय देखाउने खालको सशक्त भूमिका पाएकी थिइनन् । आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’मा भने उनी प्रमुख भूमिकामा छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २२, शुक्रवार

यस वर्षको बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म थियो, ‘भगवत् गीता’ । तर, कलाकार छनोट गर्न ढिलाई हुँदा फिल्म निर्धारित समयमा छायांकनमा निस्कन सकेन र प्रदर्शन मिति पोस्टपोन्ड भयो । मुख्य अभिनेतामा धिरज मगरलाई अनुबन्धित गर्दै गत माघ अन्तिम साताबाट फिल्मको छायांकन सुरु भएको थियो । अब फिल्मको १० प्रतिशत मात्र छायांकन हुन बाँकी रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २२, शुक्रवार

अभिनेत्री शिल्पा मास्के पहिलो पटक फिल्ममा बोल्ड भूमिकामा देखिने भएकी छन् । आगामी असार १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’को शुक्रबार सार्वजनिक पोस्टरमा उनी जुन रुपमा प्रस्तुत छिन्, त्यसले ‘सरप्राइज’ बनाउँछ । सार्वजनिक चारवटा पोस्टरमध्ये कुनैमा उनी बोल्ड त कुनैमा बाथटबमा न्यूड देखिएकी छन् । यसले उनको भूमिकाप्रति कौतुहलता जगाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २२, शुक्रवार

नारीलाई सुहाउने साडी भनिन्छ । साडीले ग्ल्यामरस लुक दिने भएका धेरै नेपाली अभिनेत्रीहरु विशेष समारोहमा साडीमा सजिएर पुग्ने गर्छन् । केही भने विरलै साडीमा देखिन्छन् । त्यसमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पहिलो पटक फिल्म ‘रातो टीका निधारमा’को गीत रिलिजमा साडी लगाएर पुगेकी थिइन् । त्यसबेला उनले साडी मनपर्ने भएपनि लगाउन नआउने बताएकी थिइन् ।

Results : 3823 - 3828 of 23516