Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3817 - 3822 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-08-18, शुक्रवार

निर्देशक शोभित बस्नेतले निर्माण गरेको फिल्म ‘जय हो’ यही भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्ना हरेक फिल्मको प्रचारमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने उनले यसपटक पनि कुनै कसर छाडेका छैनन् । अब उनले फिल्मको प्रचारमा छोरी सलिना बस्नेत र बुहारी करिश्मा केसीलाई समेत अगाडि सारेका छन् । त्यसो त उनीहरुले टिकटकमार्फत् फिल्मको प्रचार गरिरहेकै थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-08-18, शुक्रवार

फिल्मको प्रचार सामाग्रीमा कलाकारलाई दिइने स्थानले ठूलो अर्थ राख्छ । फिल्ममा मुख्य भूमिकामा रहेको कलाकारलाई ट्रेलरमा झलाकझुलुक र पोस्टरमा कुनामा राख्दा मेकरको नियतमाथि प्रश्न उठ्छ । कतिपय फिल्मको प्रचार यिनै कारणले समेत प्रभावित भएका छन् । आफूलाई उचित स्थान नदिएको भन्दै कलाकार प्रचारमा नहिँडिदिँदा टिमभित्र मनमुटावको स्थिति सृजना हुने गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-18, शुक्रवार

आगामी भदौ २९ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भगवत् गीता’ दुईवटा कारणले चर्चामा छ । एउटा, अभिनेता विपिन कार्कीको ट्रान्सजेन्डर लुक्स । गत महिना सार्वजनिक भएको टिजरमा उनको कमलामाई अवतारले दर्शकलाई ठूलो ‘सरप्राइज’ दिएको छ । दोस्रो, पहिलोचोटी अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापाको जोडी बाँधिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-18, शुक्रवार

फिल्म दर्शकका लागि बनाइन्छ । दर्शकले फिल्म हेरिदिए निर्माताको हातमा धेरथोर पैसा पर्ने हो । दर्शकको भीड हलसम्म ल्याउन फिल्मबारे जानकारी पुर्‍याउन सक्नुपर्छ । त्यसका लागि प्रचार जरुरी छ । किनकि, पीठो त बोल्नेकै बिक्ने हो । प्रचारबिना प्रदर्शन भएका फिल्म एक रेक्टरका भूकम्प जस्ता हुन्छन्, आएको/गएकै पत्तो नहुने । र, हलमा फिल्म दर्शकले कम, कुर्सीले बढी हेर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-17, बिहिवार

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको टेक पौरखी राई निर्देशित लभस्टोरी फिल्म ‘जय हो’को रोमान्टिक भावको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सपनाको वेडिङ्ग’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता सलोन बस्नेतको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा उनी स्वयं रिसाएकी प्रेमिका केकी अधिकारीलाई गीत गाएर फकाइरहेको अवस्थामा चित्रित छन् ।

Results : 3817 - 3822 of 23944