
यही बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’ले अमेरिकामा आयोजित ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’मा प्राप्त गरेको उत्कृष्ट अभिनेता र छायाँकारको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । यो फिल्मबाट महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड जित्न सफल भएका थिए ।

नेपाली रोड थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक गरिएको छ । साउथ फिल्मको शैलीमा तयार पारिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । चिकित्सा पेशामा आबद्ध एउटी युवतीले भोग्नुपरेको भयानक घटनामा फिल्मको कथा केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । २ मिनेट ५० सेकेन्ड लम्बाईको ट्रेलर बुलन्द बनेको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै आगामी असार ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरेलगायत प्रस्तुत छन् । रेश्मा डेब्यू फिल्म ‘यो साइनो मायाको’ रिलिजको करिब ५ वर्षपछि फिल्ममा फर्किएकी हुन् ।

नेपालमा सबैभन्दा बढी सिरिज निर्माण हुने फिल्ममा पर्छ, ‘नाईं नभन्नू ल’ । यसको छैटौं सिरिज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । हरेक श्रृंखला घरेलू बक्सअफिसमा सफल भैरहेको कारणले गर्दा पनि निर्देशक विकासराज आचार्य पैसा फल्ने बोट तत्काल मास्ने पक्षमा देखिएका छैनन् । निर्देशक आचार्यले ‘नाईं नभन्नू ल ६’बाट सातौं श्रृंखला पनि निर्माण हुने संकेत गरेका छन् ।

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा उत्रिएको फिल्म ‘कैदीको पत्र’ले विशेष शोमा सुखद प्रतिक्रिया प्राप्त गरेको छ । रिलिजकै दिन फिल्मकर्मी र सञ्चारकर्मीका लागि काठमाडौंको सुनधारास्थित सिडिसी सिनेमाज्मा आयोजना गरिएको शोमा ब्रिटिश तथा नयाँ नेपाली कलाकारहरुको अभिनय, स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा, छायांकन र प्रस्तुतीको प्रशंसा भएको हो ।

यस वर्षको सुरुवात नै नेपाली फिल्मबीचको भिडन्तबाट भएको थियो । बैशाख १ गते ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ रिलिज भएका थिए । यो भिडन्तमा ‘जारी’ व्यापार र प्रतिक्रिया दुवैमा अब्बल निस्कियो । एक हप्ता सलमान खानको फिल्मलाई छाडेपछि फेरि यो हप्ताको शुक्रबारबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् ।

