Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3829 - 3834 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-08-16, बुधवार

सोमबार फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर रिलिज कार्यक्रममा उद्घोषक नरेश भट्टराईले स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गरे । नरेश उनै हुन्, जसले अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’को उपाधि दिएका थिए । स्वस्तिमालाई उनले ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गर्नुको पछाडि उनी एक्लैले आफ्नो काँधमा फिल्म बोक्न सक्छिन् भन्ने अर्थ लुकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-15, मंगलवार

फिल्म बनाउनभन्दा कठिन हुन्छ फिल्म बेच्न । अर्थात् चलाउन । लक्षित दर्शकसम्म फिल्मबारे जानकारी पुर्‍याउन अहिले सानोतिनो खर्च, मिहिनेत र समयले पुग्दैन । त्यसका लागि केही फरक शैलीको प्रचार अपनाउनुपर्ने हुन्छ । केही समययता नेपाली फिल्मको प्रचार गर्ने थलो कि रियालिटी शो कि त कलेज बनिरहेको छ । कलेजका विद्यार्थीलाई फकाएर हलमा तान्ने ध्येयमा मेकरहरु छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-15, मंगलवार

फिल्म निर्देशन चुनौतीपूर्ण जिम्मेवारी हो । फिल्म कस्तो बन्ने र बनाउने निर्देशकमा निर्भर हुन्छ । एकहिसाबले फिल्मको भाग्य लेख्ने नै निर्देशकले हो । यसैले त निर्देशकलाई ‘क्याप्टेन अफ दि सिप’ भनिन्छ । किनभने, जहाज क्याप्टेनको सुझबुझपूर्ण निर्णय चल्छ अनि फिल्म निर्देशकको सोचले बन्छ । यी दुवैले खुट्टा कमाए भने ठूलो दुर्घटना हुन पुग्छ । यसबाट बच्न पर्याप्त अनुभव चाहिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-15, मंगलवार

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’बीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चलिरहेको छ । एक महिनाअघि एकै दिनमा एउटाको गीत र अर्कोको टिजर सार्वजनिक गरिएको थियो । यसपटक एकदिनको अन्तरमा यी दुई फिल्मको ट्रेलर सार्वजनिक भएका छन् । सोमबार ‘ऐंचो पैंचो’ र मंगलबार ‘गणपति’को ट्रेलर सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-15, मंगलवार

सन् २०२० मा लोकप्रिय भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नातावाद (नेपोटिजम), कृपावाद, समुहवादको बहस व्यापक चर्किएको थियो । त्यसको बाछिट्टा नेपालमा समेत राम्रैसित देखियो । त्यसयता नेपाली कलाकारहरु यो विषयमा किस्ता-किस्तामा बहस गरिरहेका छन् । यसले प्रतिभावान कलाकारलाई पलायन हुन बाध्य बनाएको टिप्पणी हुने गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-14, सोमवार

फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा फिल्म बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ । अब यो फिल्मको बक्स अफिसमा नवल खड्काद्वारा निर्देशित फिल्म ‘काँडेतार’सँग भिडन्त हुनेछ ।

Results : 3829 - 3834 of 23944